शनिबार, श्रावण २,२०८३ 05:52:31
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 05:52:31
Bizshala
Global IME Bank Limited

सडक, पुल र शहरी विकासलाई प्राथमिकतामा राख्दै वाग्मतीको बजेट

सडक, पुल र शहरी विकासलाई प्राथमिकतामा राख्दै वाग्मतीको बजेट
New Office

काठमाण्डौ । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक, पुल, शहरी विकास, वातावरण संरक्षण र सामाजिक सुरक्षाका कार्यक्रमका लागि करिब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रदेश सरकारले प्रादेशिक सडक यातायात गुरुयोजनाअन्तर्गत ७ अर्ब १० करोड रुपैयाँ खर्च गर्ने योजना बनाएको छ। 

यस योजनामार्फत १८ भन्दा बढी रणनीतिक सडक निर्माण तथा स्तरोन्नति गरिनेछ भने २०० भन्दा बढी सडक आयोजनालाई पनि अघि बढाइनेछ।  

हेटौँडा चक्रपथलाई प्रदेश गौरवको आयोजनाका रूपमा विकास गरिने भएको छ।

आगामी वर्ष प्रदेशभर सडक तथा पुल निर्माणका ३०४ आयोजना कार्यान्वयनमा जानेछन्।  

नयाँ पुल निर्माण, सडक मर्मत, ट्राफिक सुरक्षा सुधार तथा पहिरो नियन्त्रणका कार्यक्रमका लागि पनि बजेट व्यवस्था गरिएको छ। 

साथै, जैविक इन्जिनियरिङ प्रविधिमा आधारित ‘हरित सडक’ अवधारणालाई विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ।

यसैगरी, सहरी पूर्वाधार विकासअन्तर्गत एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र, स्मार्ट शौचालय, आईटी पार्क र साइन्स सिटी निर्माणका योजना अघि सारिएका छन्।

प्रदेश सरकारले सीमान्तकृत समुदायका लागि ‘मुख्यमन्त्री आवास कार्यक्रम’मार्फत एक हजार सुरक्षित आवास निर्माण गर्न २० करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.