आईतवार, कार्तिक १,२०८३ 04:55:39
  • आईतवार, कार्तिक १,२०८३ 04:55:39
Global IME Bank Limited

अब निजी स्कुल र अस्पताल महँगा: सरकारले लगायो ३% नयाँ शुल्क

Bizshala
अब निजी स्कुल र अस्पताल महँगा: सरकारले लगायो ३% नयाँ शुल्क
New Office

काठमाडौं । सरकारले निजी विद्यालय, कलेज, विश्वविद्यालय र अस्पतालबाट सेवा लिने नागरिकमाथि नयाँ शुल्क लगाएको छ। आर्थिक विधेयक २०८३ मार्फत निजी शिक्षण संस्था र निजी स्वास्थ्य सेवा प्रदायकले लिने सबै प्रकारका शुल्कमा ३ प्रतिशतका दरले ‘शिक्षा समता शुल्क’ र ‘स्वास्थ्य समता शुल्क’ असुल गर्नुपर्ने व्यवस्था गरिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नयाँ व्यवस्थाअनुसार अब निजी विद्यालयको मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्कदेखि निजी अस्पतालको उपचार, परीक्षण तथा अन्य सेवामा समेत अतिरिक्त ३ प्रतिशत शुल्क थपिनेछ। सरकारले उक्त रकम गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार तथा पूर्वाधार विकासमा खर्च गरिने जनाएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यससँगै निजी क्षेत्रबाट शिक्षा र स्वास्थ्य सेवा लिने लाखौं अभिभावक तथा सेवाग्राहीको खर्च बढ्ने भएको छ। सरकारले यसलाई ‘समता शुल्क’ भने पनि व्यवहारमा भने यो शिक्षा र स्वास्थ्य क्षेत्रमा थपिएको नयाँ करकै रूपमा देखिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.