आईतवार, असार १५,२०८२ 09:58:50
  • आईतवार, असार १५,२०८२ 09:58:50
Global IME Bank Limited

विदेशी विनिमय सञ्चिति २६.२% ले वृद्धि, १५ महिनाको वस्तु आयात धान्न प्रयाप्त

Hyundai Nepal
विदेशी विनिमय सञ्चिति २६.२% ले वृद्धि, १५ महिनाको वस्तु आयात धान्न प्रयाप्त
Nabil Bank Limited

काठमाण्डौ । देशको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको १० महिनाको आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा यस्तो देखिएको हो ।  

गत वर्षको असार मसान्तमा रु.१५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई बैशाख मसान्तमा .१९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत वर्षको असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा चालु आवको बैशाख मसान्तमा २४.२ प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा गत बैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत वर्षको असार मसान्तमा १९ खर्ब ३ अर्ब ५९ करोड रहेकोमा चालु आवको बैशाख मसान्तमा १३.८ प्रतिशतले वृद्घि भई रु.२ खर्ब २अर्ब ३८ करोड कायम भएको छ । यस्तै बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ । बैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४ प्रतिशत, १०५.३ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । गत वर्षको असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.