काठमाण्डौ । नेपाल राष्ट्रबैंकले अटो व्यवसायलाई सपोर्ट हुने गरी आफ्नो ऋण नीतिमा संसोधन गरेको छ ।
केन्द्रीय बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको नाममा एक सर्कुलर जारी गर्दै सवारी कर्जामा रहेको ६० प्रतिशतको लोन टू भ्यालू रेसियो बढाएर ८० प्रतिशत पुर्याएको हो । तर यसका लागि केही शर्त भने तोकिएको छ ।
'जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात(लोन टू भ्यालू रेसियो)८० प्रतिशतसम्म कायम गर्न सकिनेछ ।'-सर्कुलरमा भनिएको छ ।