बिहीबार, भाद्र ४,२०८३ 05:50:13
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 05:50:13
Bizshala
Global IME Bank Limited

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। गभर्नर प्राडा विश्वनाथ पौडेलसमक्ष रावलले आज शपथ ग्रहण गरेका हुन्। शपथपछि उनले पदभारसमेत ग्रहण गरेका छन्।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका हुन्।

Bizshala
CG Motors

शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेका थिए। त्यसपछि २०६९ सालमा उपनिर्देशक र २०७५ सालमा निर्देशक भएका रावल २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए।

कार्यकारी निर्देशकका रूपमा पदोन्नति भएपछि रावलले नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.