नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। गभर्नर प्राडा विश्वनाथ पौडेलसमक्ष रावलले आज शपथ ग्रहण गरेका हुन्। शपथपछि उनले पदभारसमेत ग्रहण गरेका छन्।नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका हुन्।

