काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’ स्थापना भएको छ । अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्थासहित केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागमा डिजिटल इन्नोभेसन हब’ स्थापना भएको हो ।
बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने सन्दर्भमा यस क्षेत्रमा कार्य गर्ने एवम् नियामकीय प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव व्यवस्थाबारे जानकारी गराउने, सरोका कहरुलाई विद्यमान नीतिगत र तिनले ल्याउन सक्ने अवसर एवम् चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, Non- binding Guidance, परामर्श एवम् सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले यो हबको स्थापना भएको राष्ट्र बैंकले जनाएकोृ छ ।