सोमबार, असार १६,२०८२ 05:18:45
  • सोमबार, असार १६,२०८२ 05:18:45
Global IME Bank Limited

बैंकिङ प्रणालीको निक्षेप एकै दिन ९२ अर्बले घट्यो, यस्तो छ कारण

Hyundai Nepal
बैंकिङ प्रणालीको निक्षेप एकै दिन ९२ अर्बले घट्यो, यस्तो छ कारण
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १.४८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत २० गते बैंकिङ प्रणालीबाट ९२ अर्ब बाहिरिएको हो । चैत १९ गते ६१ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा चैत २० गते भने १.४८ प्रतिशतले घटेको हो ।  

चैत २० गते बैंकिङ प्रणालीको कुल निक्षेप घटेर ६१ खर्ब ७ अर्ब रुपैयाँमा सीमित बनेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५३ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ८५ अर्ब रहेको थियो । यसरी वाणिज्य बैंकहरुको निक्षेप पनि एक दिनको अन्तरालमा ९१ अर्बले घटेको छ ।  

बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह भने स्थिर रहेको छ । अघिल्लो दिन ५० खर्ब ८८ अर्ब रहेको कर्जा प्रवाह चैत २० मा पनि यति नै रहेको छ । बैंकिङ प्रणालीको निक्षेप घटेसँगै सीडी रेसियो ७९.६९ प्रतिशतबाट बढेर ८०.८६ प्रतिशत पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

चैत १९ गते अर्थ मन्त्रालयले बैंकहरुले स्थानीय तहको सञ्चित कोषको रकमलाई निक्षेपमा गणना नपाउने निर्णय कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । चैत १६ गतेको अर्थमन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको थियो ।  

अर्थमन्त्रीस्तरीय बैठकले  स्थानीय तहको सञ्चित कोषमा रहेको मौज्दातलाई वाणिज्य बैंकको निक्षेपमा गणना गर्ने व्यवस्था हटाउने निर्णय गरेको थियो । हालसम्म स्थानीय तहको सञ्चित कोषमा मौज्दात रहेको रकमको ६० वाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्दै आएका थिए ।  स्थानीय तहको सञ्चित कोषमा रहेको मौज्दातलाई वाणिज्य बैंकको निक्षेपमा गणना नपाउने भएपछि बैंकिङ प्रणालीको निक्षेप घट्ने देखिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.