बिहीबार, बैशाख ३१,२०८३ 01:13:06
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 01:13:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बैंकिङ प्रणालीको निक्षेप एकै दिन ५ अर्बले बढ्यो, सीडी रेसियो र अन्तरबैंक ब्याजदरमा गिरावट

Laxmi Sunrise Bank Limited
बैंकिङ प्रणालीको निक्षेप एकै दिन ५ अर्बले बढ्यो, सीडी रेसियो र अन्तरबैंक ब्याजदरमा गिरावट
Shivam Cement

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार वैशाख ७ गते बैंकिङ प्रणालीबाट ५ अर्ब रुपैयाँ थपिएको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख ७ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ४२ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन छ । वैशाख ६ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।    

वाणिज्य बैंकहरुको निक्षेपमा पनि ५ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ । वैशाख ६ गते दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब २३ अर्ब रहेको थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ ।  

बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह भने घटेको छ । वेशाख ६ गते ५१ खर्ब ३ अर्ब रहेको कर्जा प्रवाह वैशाख ७ गतेसम्म १ अर्बले घटेर ५१ खर्ब २ अर्बमा सीमित बनेको छ । यस्तै सीडी रेसियो ८०.८२ प्रतिशतबाट घटेर ८०.७३ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर पनि केहि घटेको छ । गत वैशाख ६ गते २.९५ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर घटेर २.७६ प्रतिशत कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.