आईतवार, असार १५,२०८२ 06:09:07
  • आईतवार, असार १५,२०८२ 06:09:07
Global IME Bank Limited

बैंकिङ प्रणालीको निक्षेप एकै दिन ५ अर्बले बढ्यो, सीडी रेसियो र अन्तरबैंक ब्याजदरमा गिरावट

Hyundai Nepal
बैंकिङ प्रणालीको निक्षेप एकै दिन ५ अर्बले बढ्यो, सीडी रेसियो र अन्तरबैंक ब्याजदरमा गिरावट
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार वैशाख ७ गते बैंकिङ प्रणालीबाट ५ अर्ब रुपैयाँ थपिएको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख ७ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ४२ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन छ । वैशाख ६ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।    

वाणिज्य बैंकहरुको निक्षेपमा पनि ५ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ । वैशाख ६ गते दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब २३ अर्ब रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ ।  

बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह भने घटेको छ । वेशाख ६ गते ५१ खर्ब ३ अर्ब रहेको कर्जा प्रवाह वैशाख ७ गतेसम्म १ अर्बले घटेर ५१ खर्ब २ अर्बमा सीमित बनेको छ । यस्तै सीडी रेसियो ८०.८२ प्रतिशतबाट घटेर ८०.७३ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर पनि केहि घटेको छ । गत वैशाख ६ गते २.९५ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर घटेर २.७६ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.