सोमबार, श्रावण ४,२०८३ 08:55:52
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 08:55:52
Bizshala
Global IME Bank Limited

रु. ५० दरका ४२ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई,राष्ट्रबैंकले गर्‍यो सम्झौता

रु. ५० दरका ४२ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई,राष्ट्रबैंकले गर्‍यो सम्झौता
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु. ५० दरका ४२ करोड थान नयाँ नोट डिजाइन, छपाई तथा आपूर्तिका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ ।  

केन्द्रीय बैंकले चाइना बैंकनोट प्रिन्टिङ एण्ड माइन्टिङ कर्पोरेसनसँग कात्तिक २५ गते अमेरिकी डलर १ करोड ४ लाख २२ हजार ५३५.२१ मा करार सम्झौता भएको केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन कार्यालयले जनाएको छ । 

राष्ट्र बैंकले यसअघि “द राइजिङ नेपाल” दैनिकमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको थियो। बोलपत्र प्रक्रियाअनुसार सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनीका रूपमा चीन बैंक नोट प्रिन्टिङ एण्ड माइन्टिङ कर्पोरेसन चयन गरिएको बताइएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार, बोलपत्र र सम्झौता प्रक्रिया सार्वजनिक खरिद नियमावली, २०८० र सार्वजनिक खरिद कार्यविधि, २०८१ बमोजिम गरिएको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.