सोमबार, फाल्गुन ४,२०८२ 05:17:11
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 05:17:11
Bizshala
Global IME Bank Limited

आर्थिक वृद्धिदरमा सुधार आउने राष्ट्र बैंकको प्रक्षेपण

आर्थिक वृद्धिदरमा सुधार आउने राष्ट्र बैंकको प्रक्षेपण
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार हुने प्रक्षेपण गरेको छ। आर्थिक गतिविधिमा क्रमिक सुधार देखिन थालेको भन्दै राष्ट्र बैंकले वृद्धिदर दीर्घकालीन औसतभन्दा माथि रहने अपेक्षा गरेको हो।

राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८१/८२ अनुसार मुद्रास्फीति नियन्त्रणमा रहनु, ब्याजदर घट्दो क्रममा हुनु तथा केही वर्षदेखि सुस्ताएको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र मौद्रिक सहजताका कारण विस्तारतर्फ उन्मुख हुनु सकारात्मक संकेतका रूपमा देखिएका छन्।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्रतिवेदनमा अन्तर्राष्ट्रिय बजारमा इन्धन र खाद्य वस्तुको मूल्य घट्नु, जलविद्युत् उत्पादन उल्लेख्य रूपमा बढ्नु, विदेशी पर्यटकको आगमनमा वृद्धि हुनुका साथै निर्यात र विप्रेषण आप्रवाहमा सुधार आउनुले समग्र अर्थतन्त्रलाई टेवा पुगेको उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार पर्याप्त तरलता, परियोजना प्राथमिकीकरणमा सरकारको ध्यान, सुशासन प्रवर्धन र पुनःनिर्माणका कामले चालु आर्थिक वर्षमा आर्थिक क्रियाकलाप अझ सक्रिय बन्ने अनुमान छ।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर वास्तविक मूल्यमा ४.६ प्रतिशत रहनेछ भने प्रचलित मूल्यमा ४ प्रतिशत रहने अनुमान छ। कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ६२ प्रतिशत, कृषि क्षेत्रको २५.२ प्रतिशत र उद्योग क्षेत्रको १२.८ प्रतिशत रहने देखिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

प्रदेशगत रूपमा बागमती प्रदेशको आर्थिक योगदान सबैभन्दा बढी ३६.५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.२ प्रतिशत मात्र छ। यद्यपि, उद्योग क्षेत्रको औसत क्षमता उपयोग ४४.५ प्रतिशतमा सीमित रहनुले औद्योगिक विस्तारमा अझै चुनौती रहेको संकेत गरेको छ।

समग्रमा, मौद्रिक सहजता र बाह्य–आन्तरिक सूचकहरूमा आएको सुधारका कारण चालु आवमा नेपाली अर्थतन्त्रले अघिल्लो वर्षभन्दा सकारात्मक गति लिने अपेक्षा गरिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.