शनिबार, फाल्गुन १०,२०८१ 03:43:24
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 03:43:24
IME remit
Global IME Bank Limited

सरकारी ऋणपत्रको बोलकबोल र निष्कासन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने

Hyundai Nepal
सरकारी ऋणपत्रको बोलकबोल र निष्कासन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने
Nabil Bank Limited

काठमाण्डौ । अब सरकारी ऋणपत्रको बोलकबोल र निष्कासन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागबाट सरकारी ऋणपत्रको बोलकबोल र निष्कासन हुँदै आएकोमा अब भने यस्तो कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने भएको हो ।  

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै अन्तरिक ऋण कोलकबोल र निष्कासन कार्यालयबाट हुने जनाएको हो । सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ तथा सार्वजनिक ऋण व्यवस्थापन नियमावली,२०८० कार्यान्वयनमा आईसकेकाले आन्तरिक ऋणसँग सम्बन्धित ऋणपत्र निष्कासन तथा भुक्तानी कारोबार नेपाल राष्ट्र बैंकसँगको समन्वयनमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट सम्पादन हुन लागेको हो ।    

Shivam Cement
CG Motors
Sagarmatha Cement

नेपाल सरकारको ट्रेजरी बिल र विकास ऋणपत्र बोलकबोल तथा निष्कासन चैत १९ गतेदेखि देखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालय हुने राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनामा उल्लेख छ ।  

यसका साथै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलको निर्णय ‘डीओएमएस’ का आधारमा गर्ने भएकाले उक्त कार्यमा सहभागीले डीओएमएस र ओबीएसएस दुवैमा बोलकबोल पेस गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.