आईतवार, असार १५,२०८२ 05:14:54
  • आईतवार, असार १५,२०८२ 05:14:54
Global IME Bank Limited

एकैदिन ३ अर्बले बढ्यो बैंकिङ प्रणालीको निक्षेप, सिडी रेसियो र अन्तरबैंक ब्याजदरमा भने गिरावट

Hyundai Nepal
एकैदिन ३ अर्बले बढ्यो बैंकिङ प्रणालीको निक्षेप, सिडी रेसियो र अन्तरबैंक ब्याजदरमा भने गिरावट
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख १७ गते बैंकिङ प्रणालीबाट ३ अर्ब रुपैयाँ थपिएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख १७ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ४४ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको छ । वैशाख १६ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।  यसरी बैंकिङ प्रणालीको निक्षेप एकै दिन ३ अर्ब रुपैयाँले बढेको छ ।  

वाणिज्य बैंकहरुको निक्षेप पनि ४ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । वैशाख १६ गतेका दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब २८ अर्ब रहेको थियो ।  

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह वृद्धि भएको छ । वैशाख १६ गतेसम्म ५१ खर्ब ४ अर्ब रहेको कर्जा प्रवाह २ अर्बले बढेर वैशाख १७ गतेसम्म ५१ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । सीडी रेसियो  ८०.७८ प्रतिशतबाट घटेर ८०.७६ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर पनि २.९७ प्रतिशतबाट घटेर २.६९ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.