आईतवार, भाद्र २३,२०८१ 05:45:21
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 05:45:21
IME remit
Global IME Bank Limited

बित्तीय संस्थामा अराजकताको यो हद: चेक राखेर कर्जा, व्यक्तिगत जमानीमा ऋणदेखि साधारण ब्याज मिनाहासम्मको फट्याईँ

Hyundai Nepal
बित्तीय संस्थामा अराजकताको यो हद: चेक राखेर कर्जा, व्यक्तिगत जमानीमा ऋणदेखि साधारण ब्याज मिनाहासम्मको फट्याईँ
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङमा बेला बेला संस्थागत सुशासन बिगार्ने तथा नियामकीय व्यवस्थाप्रति नै बेवास्ता गर्ने घटनाहरु हुने गरेका छन् ।  

यस्ता घटना केही ठूला वाणिज्य बैंकबाट हुँदै आएकोमा त्यही रोग साना विकास बैंक र फाइनान्स कम्पनीमा पनि सर्न थालेको छ ।  

नियामकीय व्यवस्था उल्लंघन गरेकै कारण पछिल्लो पटक करिब आधा दर्जन साना विकास बैंक र वित्त कम्पनी राष्ट्रबैंकको कारबाहीमा परेका छन् ।  

कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक एक्सेल डेलभपमेन्ट बैंक, बेष्ट फाइनान्स, रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स कम्पनीका अध्यक्ष, सञ्चालकदेखि प्रमुख कार्यकारी अधिकृतसम्मका व्यक्ति कारबाहीमा परेका हुन् । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कसलाई के कारबाही ?

कर्णाली विकास बैंक: संस्थाले नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात कायम नगरेको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा यस बैंकबाट जारी इ.प्रा.निर्देशन नं. १३/०८० को बुँदा नं. १ को उपबुँदा ३, ४ र ५ तथा इ.प्रा.निर्देशन नं. २१/०८० को बुँदा नं. ७ (संशोधन समेत) मा भएको व्यवस्था बमोजिम रु.२,५४६.७२ जरिबाना लगाइएको।

नारायणी डेभलपमेण्ट बैंक लि: बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क) बमोजिम संस्थालाई मिति २०८०/ १०/२१ मा गरिएको शीघ्र सुधारात्मक कारवाहीलाई निरन्तरता दिइएको ।

कर्पोरेट डेभलपमेण्ट बैंक लि. र सञ्चालक समिति: बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९ को उपदफा (२) मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण यस बैंकसमक्ष ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीका लागि यस बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको, यस बैंकबाट जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन, २०६३ को दफा७६ को उपदफा (१) विपरित हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र ( म्याद थप सहित) लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको ।

सिन्धु विकास बैंक लि.:  संस्थाले मिति २०८१/०३/११ मा पठाएको वित्तीय विवरण अनुसार सुपरिवेक्षकीय समायोजनपश्चात संस्थाको पुँजीकोष अनुपात ६.७१ भई यस बैंकद्धारा इजाजतपत्र प्राप्तसंस्थाहरुलाई जारी एकीकृत निर्देशनको इ.प्रा.नं. १ मा उल्लिखित कायम गर्नुपर्ने न्यूनतम पुँजीकोष अनुपात ३२.९० प्रतिशतले नपुग भएको हुँदा बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ख) बमोजिम शीघ्र सुधारात्मक कारवाही गरिएको ।

सिन्धु विकास बैंक लि., यसका अध्यक्ष र सञ्चालक समिति : यस बैकबाट जारी एकीकृत निर्देशनको व्यबस्था विपरित चेक खरिद गरेको, चेकलाई धितोको रुपमा लिएको र सो चेकको आधारमा रु.२ करोड ५० लाख बराबरको शेयरधितो फुकुवा गर्ने निर्णय सञ्चालक समितिबाट गरे गराएको, व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका, ४ वटा ऋणीहरुलाई प्रवाह गरिएको कर्जाको साधारण ब्याज समेत मिनाह गरी साँवा रकम मात्र असुल उपर गर्ने सञ्चालक समितिको निर्णयबाट संस्थालाई हानी पुगेको र यसबाट लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हितविपरीतका कार्यहरु भएको हुँदा संस्थाको अध्यक्षको हैसियतले त्यस्तो कार्यहरु हुन नदिन प्रयास गरेको नदेखिएको, यस बैंकको निर्देशन विपरित त्यस संस्थामा गरिएका हरेक निर्णय व्यवस्थापनको सिफारिसमा गरीएको भनी निर्णयको स्वामित्व लिन नखोजी गैह–जिम्मेवारीपूर्ण तर्क पेश गरेको तथा संस्था सुधारका लागि यस बैंकबाट पटक पटक दिइएका निर्देशनहरू पालना नगरेकोले संस्थाको सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम रु.५ लाख नगद जरिबाना गरिएको ।

एक्सेल डेभलपमेण्ट बैंक लि. र सञ्चालक समिति:बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९ को उपदफा (२) मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरी त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि यस बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको, यस बैंकवाट जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन, २०६३ को दफा ७६ को उपदफा (१) विपरित हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको६ महिना भित्र (म्याद थप सहित) लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ( २) को खण्ड (क) बमोजिम सचेत गराइएको।

बेष्ट फाइनान्स कम्पनी लि. र सञ्चालक समिति: बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९ को उपदफा (२) मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि यस बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको, यस बैंकवाट जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन, २०६३ को दफा ७६ को उपदफा (१) विपरित हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको६ महिना भित्र (म्याद थप सहित) लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको।

रिलायन्स फाइनान्स लि. र सञ्चालक समिति: बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९ को उपदफा (२) मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि यस बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको, यस बैंकवाट जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन, २०६३ को दफा ७६ को उपदफा (१) विपरित हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको६ महिना भित्र (म्याद थप सहितं) लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेतढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको।

प्रोग्रेसिभ फाइनान्स कम्पनी लि. र सञ्चालक समिति : प्रमुख कार्यकारी अधिकृत  संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६२ अनुसार तोकिएको समयावधिभित्र वाह्य लेखापरीक्षण सम्पन्न गरी कम्पनी ऐन, २०६३ को दफा ७६ मा तोकिएको समयावधिभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्नेमा आ.व. २०७८/७९ को वार्षिक साधारण सभा आ.व. २०८०÷८१ मा सम्पन्न गरेको र आ.व. २०७९/८० को वाह्य लेखापरीक्षण प्रतिवेदन प्रकाशन गर्न सहमतिका लागि हालसम्म यस बैंक समक्ष पेश नगरेको हुँदा पटक पटक उपरोक्त व्यवस्थाहरुको पालना नभएको देखिएकोले संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारीअधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उप–दफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X