आईतवार, असार १५,२०८२ 12:13:16
  • आईतवार, असार १५,२०८२ 12:13:16
Global IME Bank Limited

विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी नहुँदा पनि ब्यालेन्स घटेको छ ? यति दिनभित्र हुन्छ हिसाब मिलान

Hyundai Nepal
विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी नहुँदा पनि ब्यालेन्स घटेको छ ? यति दिनभित्र हुन्छ हिसाब मिलान
Nabil Bank Limited

काठमाण्डौ । विद्युतीय भुक्तानीका माध्यमबाट कारोबार गर्दा कहिलेकाही भुक्तानीसम्बन्धी समस्याहरु झेल्नुपर्ने हुनसक्छ । डिजिटल वालेट,मोबाइल बैंकिङ,इन्टरनेट बैंकिङ,एसएमएस लगायतका विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी गर्दा वा रकमान्तर गर्दा कारोबार सफल नहँदा पनि कहिलेकाही प्राविधिक कारणवश खाताबाट मौज्दात घट्न सक्छ । यस्तो अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा राष्ट्र बैंकले हिसाब मिलाउनुपर्ने व्यवस्था गरेको छ ।  

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार विद्युतीय भुक्तानीका माध्यमबाट जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था एउटै भएमा कारोबार भएपछिको एक दिन(टी प्लस वान)भित्र हिसाब मिलाउनुपर्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै विद्युतीय भुक्तानीका माध्यमबाट जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था फरक फरक भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको ३ दिनभित्र हिसाब मिलाउनु पर्छ । तर विद्युतीय भुक्तानीका माध्यमबाट जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था फरक फरक भई कुनै एक विदेशी संस्था भएमा कारोबार भए पछिको ३० दिनभित्र हिसाब मिलाउनुपर्ने व्यवस्था रहेको छ ।  

उपयुक्त समयसीमाभित्र हिसाब मिलाउने दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुने राष्ट्र बैंकले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.