शनिबार, असार १४,२०८२ 05:50:26
  • शनिबार, असार १४,२०८२ 05:50:27
Global IME Bank Limited

‘ग्लोबल मनि विक २०२५’ चैत ४ गतेदेखि सुरु हुने, भव्य रुपमा मनाउन राष्ट्र बैंकको आह्वान

Hyundai Nepal
‘ग्लोबल मनि विक २०२५’ चैत ४ गतेदेखि सुरु हुने, भव्य रुपमा मनाउन राष्ट्र बैंकको आह्वान
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२५’ मनाउन आह्वान गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै वित्तीय प्रणालीमा आवद्ध तथा वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशिल सम्पूर्ण संघसंस्था र निकायहरुलाई यस अभियानमा सहभागी भई ‘ग्लोबल मनि विक २०२५’ भव्य रुपमा मनाउन आह्वान गरेको हो ।  

बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ‘ग्लोबल मनी विक’ विश्वभर मनाउने गरिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा ग्लोबल मनी विक मनाइन्छ । यसै सन्दर्भमा आगामी मार्च १७ देखि २३ (२०८१ चैत ४ देखि १०) सम्म 'Think before you follow, wise money tomorrow' भन्ने नाराका साथ ग्लोबल मनी विकको १३ औं संस्करण मनाउन लागिएको हो ।  

यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुने गर्छन् । नेपाल बीमा प्राधिकरण,नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना  गर्ने गर्छन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्छन्  यस अभियानअन्तर्गत बैंकिङ÷वित्तीय,पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिन्छन्।  

‘ग्लोबल मनी विक’ मूलतःकिशोररकिशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.