बुधबार, माघ ३०,२०८१ 01:09:57
IME remit
  • बुधबार, माघ ३०,२०८१ 01:09:57
IME remit
Global IME Bank Limited

लो क्यापका विकास बैंकमा पूँजी थप्ने गृहकार्य, हकप्रदसहितको विकल्प दिइन्छः राष्ट्रबैंक प्रवक्ता

Hyundai Nepal
लो क्यापका विकास बैंकमा पूँजी थप्ने गृहकार्य, हकप्रदसहितको विकल्प दिइन्छः राष्ट्रबैंक प्रवक्ता
Nabil Bank Limited

काठमाण्डौ । साना आकारका बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्रबैंकले पूँजीको आकार बढाउने गरी गृहकार्य थाल्न निर्देशन दिन सुरु गरेको छ ।  

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले कम पूँजी भएकै कारण सकसमा परेका साना आकारका बैंकहरुलाई पूँजी बढाउन निर्देशन दिन सुरु गरेको राष्ट्रबैंकस्थित स्रोतले जानकारी दिएको छ ।  

पूँजीकोष दवाबको सकस भोगिरहेका, विजिनेशको आकार खुम्चिएका तथा थप विजिनेश बिस्तारमा कठिनाई भोगिरहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सकेसम्म पूँजी बढाउन भन्दै राष्ट्रबैंकले पालैपालो छलफलमा बोलाएर निर्देशन दिन थालेको क्षेत्रीय स्तरको एक विकास बैंकका सञ्चालक समितिका अध्यक्षले जानकारी दिए । 

Bizshala
CG Motors
Sagarmatha Cement

'राष्ट्रबैंकले हामीजस्ता विकास बैंकलाई पूँजी थपेर अगाडि बढ्न भनेको छ ।' हालसालै बैंक तथा वित्तीय संस्था नियमन विभागका अधिकारीहरुसँग छलफल गरेर फर्किएका ती अध्यक्षले भने-' मैले बुझेअनुसार अन्य साना आकारका बैंक तथा वित्तीय संस्थाहरुलाई समेत पालैपालो केन्द्रीय बैंकमै छलफलमा डाकेर पूँजी बढाउन भनिएको छ, जुन अहिलेको आवश्यकता पनि हो।'

उनका अनुसार केन्द्रीय बैंकले हकप्रद जारी गरेर पूँजी थप्ने विकल्पलाई पहिलो प्राथमिकतामा राखेको छ ।  

'पूँजी थपेर हुन्छ वा अन्य कुनै बाटो प्रयोग गरेर हुन्छ, पूँजी बढाई बलियो बन्न बारम्बार निर्देशन आएको छ ।' अर्का एक क्षेत्रीय स्तरको विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले नाम नखुलाइदिन आग्रह गर्दै भने-'प्रमोटरहरु तयार भएको खण्डमा हकप्रद निश्कासनमै जानु उत्तम विकल्प हुन्छ होला । केही वाणिज्य बैंकले झै अग्राधिकार सेयर पनि निश्कासन गर्न सकिन्छ कि भन्ने विषयमा समेत आन्तरिक छलफल चलाइरहेका छौं ।'  

नेपाल राष्ट्रबैंकका प्रवक्ता रामु पौडेलले सम्बन्धित विभागले साना विकास बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक समिति र उच्च व्यवस्थापनलाई बोलाएर नियमित छलफल गरिरहेको पुष्टि गरे । 'त्यस्ता संस्थाहरुले पूँजी बढाउन आफैं पैसा हाल्ने हो कि विभिन्न उपकरणमार्फत पैसा हालेर पूँजीकरण गर्ने हो भन्ने विषयमा छलफलहरु केन्द्रीत भइरहेका छन् ।' पौडेलले बिजशालासँग भने-'त्यस्ता संस्थाहरुले अब चाहिँ पूँजी बढाएरै जानुको विकल्प छैन । हाम्रो उद्देश्य अब कमजोर अवस्थाका बैंकलाई सवल बनाउनु हो । सानातिना झोक्काहरुकै कारण अब वित्तीय संस्था हल्लिनुहुँदैन ।' 

Muktinath Bikas Bank Limited

कुन–कुन बैंकले बढाउनुपर्छ पूँजी ?

राष्ट्रबैंकले एक्सल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, कर्णाली विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंकका सञ्चालक तथा व्यवस्थापनलाई छुट्टा छुट्टै छलफलमा बोलाएर पूँजीको आकार बढाउन भनिसकेको छ ।  

केन्द्रीय बैंकको निर्देशनपछि माथि उल्लेख गरिएका सबै बैंक पूँजीको आकार बढाउने गरी आन्तरिक तयारीमा जुटेका छन् ।  

सम्बन्धित बैंकका सञ्चालक तथा व्यवस्थापनका उच्च अधिकारीहरुको दाबीलाई आधार मान्ने हो भने आगामी दिनमा रिजनल लेभलका यी विकास बैंकहरुले चुक्तापूँजीलाई कम्तीमा २०० देखि २५० करोडको हाराहारीसम्म पुर्याउनुपर्नेछ । यसका लागि कतिपयलाई ठूलै सकस पर्नसक्ने पनि देखिन्छ ।  

हाल सप्तकोशी डेभलपमेन्ट बैंकको चुक्तापूँजी ८३ करोड ४३ लाख, सिन्धुको ५५ करोड ७४ लाख, कर्पोरेटको ५२ करोड ५० लाख, नारायणीको २६ करोड २४ लाख, कर्णालीको ५० करोड २८ लाख, ग्रीन डेभलपमेन्टको ५३ करोड ८७ लाख, एक्सलको १ अर्ब २४ करोड र मितेरीको १ अर्ब २१ करोड रुपैयाँ रहेको छ । एक्सल र मितेरीलाई पूँजी बढाएर २५० करोडसम्म पुर्याउन भनिएको छ भने बाँकीलाई २०० करोड हाराहारी पुर्याउन भनिएको सम्बद्ध कम्पनीका सञ्चालकहरुको दाबी छ ।  

-(यससम्बन्धी भिडियो रिपोर्ट आज साँझ प्रकाशित हुनेछ।)

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X