मंगलवार, असार ९,२०८३ 09:52:53
Bizshala
  • मंगलवार, असार ९,२०८३ 09:52:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशिया बैंकका नवनियुक्त सीईओ शाक्यद्वारा पदभार ग्रहण

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया बैंकका नवनियुक्त सीईओ शाक्यद्वारा पदभार ग्रहण

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको कात्तिक १७ गते बसेको सञ्चालक समितिको ७३६ औं बैंठकको निर्णय बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुजित कुमार शाक्यले आज कात्तिक २० गते  पदभार ग्रहण गरेका छन् ।  

झन्डै तीन दशकदेखि नेपालको बैंकिङ प्रणालीमा विशिष्ट योगदान पुर्याउँदै आएका शाक्य भारतको नयाँदिल्ली स्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श (बी.कम) र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) उत्तिर्ण गरेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

सन् १९९६ देखि तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ यात्रा शुरु गरेका शाक्यले हिमालयन बैंक, तत्कालिन लक्ष्मी बैंक हुँदै सन् २००७ देखि तत्कालिन बैंक अफ एशिया नेपालमा बिजनेस बैंकिङ प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । तत्कालिन बैंक अफ एशिया नेपाल र एनआईसी बैंकको मर्जर प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रमुख कार्यकारी अधिकृत शाक्यले मर्जरपछि बनेको एनआईसी एशिया बैंकमा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैंकिङ प्रमुख भई महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

तत्कालिन सिभिल बैंक तत्कालिन जनता बैंक , ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसकेका शाक्य बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनुपूर्व नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रमुख कार्यकारी अधिकृत शाक्यको तृष्ण विश्लेषण क्षमता, स्पष्ट रणनीतिक दृष्टिकोण तथा लामो बैंकिङ अनुभवका कारण बैंकले उनको कार्यकालमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै थप सहज, सबल, गतिशील, विश्वसनीय, उत्तरदायीतथा परिणाममुखी अभ्यास गर्दै उनको दूरदृष्टि र नेतृत्वले बैंकले थप सफलता प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको शिखरमा पुर्याउने दृढ विश्वास लिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.