सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले २ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको हो । यो सेयरको न्यूनतम मूल्य १४० रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।

