मंगलवार, असार ९,२०८३ 09:55:40
Bizshala
  • मंगलवार, असार ९,२०८३ 09:55:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) तथा ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ।

बैंकका अनुसार ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन, २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्न आवश्यक रहेको छ। सोही प्रयोजनका लागि ग्राहकहरूले आफ्नो प्यान विवरण अद्यावधिक गर्नु अनिवार्य रहेको बैंकले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

ग्राहकहरूले बैंकको आधिकारिक पोर्टल panupdate.nicasiabank.com वा एनआईसी एशिया मोबाइल बैंकिङ एप मार्फत (NIC ASIA MoBank) विकल्प प्रयोग गरी सजिलै आफ्नो प्यान विवरण अद्यावधिक गर्न सक्नेछन्। साथै, आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयमा गई प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था समेत मिलाइएको छ।

बैंकले निक्षेपकर्तालाई भुक्तानी गरिने ब्याजबाट कट्टा गरिएको करलाई आयकर प्रणालीमा सही रूपमा अभिलेख गर्न प्यान अनिवार्य हुने स्पष्ट पारेको छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण स्वचालित रूपमा अनुसूची–१० मा मिलान हुने हुँदा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ। यसबाट प्रमाणपत्र लिन बैंक धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले प्यान अद्यावधिक नगरिएको कारण कर दाखिला नभएको वा पछि करमा थप समायोजन गर्नुपर्ने अवस्था आएमा बैंक जिम्मेवार नहुने व्यहोरा समेत ग्राहकहरूलाई जानकारी गराएको छ।

यसैगरी, एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी प्रणाली वा मोबाइल बैंकिङ एपमार्फत Change Email विकल्प छनोट गरी आफ्नो ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। आवश्यक परेमा नजिकको शाखा कार्यालयमा गई आवेदनमार्फत पनि ईमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.