मंगलवार, असार ९,२०८३ 09:49:01
Bizshala
  • मंगलवार, असार ९,२०८३ 09:49:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

Laxmi Sunrise Bank Limited
खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले खातामा स्थायी लेखानम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखानम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टलpanupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् ।  

साथै, ग्राहकवहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ ।

New Office
CG Motors
Garima Development Bank

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीवापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको बैंकको भनाई छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।  

ग्राहकहरुले प्यान अद्यावधिक नगराएको कारणले ई–टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंकले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको आफ्नो खातामा बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ र वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको My Profile मा ट्याप गरी Change Email विकल्प छनौट गरी आफ्नो ईमेल ठेगाना  अद्यावधिक गर्न सक्नेछन् । 

ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.