बिहीबार, भाद्र १८,२०८३ 05:38:03
Bizshala
  • बिहीबार, भाद्र १८,२०८३ 05:38:03
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकले रसुवाका तीन शाखाका ग्राहकलाई विभिन्न सेवा शुल्कमा शतप्रतिशत छुट दिने

एनआईसी एशिया बैंकले रसुवाका तीन शाखाका ग्राहकलाई विभिन्न सेवा शुल्कमा शतप्रतिशत छुट दिने
New Office

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित ग्राहकलाई राहत तथा सेवा सहज बनाउने उद्देश्यले एनआईसी एशिया बैंक लिमिटेडले जिल्लाका तीन शाखाका खातावालालाई विभिन्न बैंकिङ सेवामा शतप्रतिशत सेवा शुल्क छुट दिने भएको छ।

बैंकले बाढीका कारण उत्पन्न असहज परिस्थिति र प्रभावित क्षेत्रमा परेको कठिनाइलाई मध्यनजर गर्दै स्याफ्रुबेंसी, बेत्रावती र त्रिशुली शाखा कार्यालयका खातावालालाई २०८३ साल पौष मसान्तसम्म लागू हुने गरी तोकिएका सेवामा शुल्क छुट दिने जनाएको छ।

बैंकका अनुसार डिजिटल बैंकिङ, मुद्दती तथा रिकरिङ खाता र अन्य विविध बैंकिङ सेवामा छुट उपलब्ध हुनेछ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कुन–कुन सेवामा छुट ?

छुट पाउने सेवामा डेबिट कार्ड जारी तथा नवीकरण शुल्क, पिन रिसेट र कार्ड अनब्लक गर्दा लाग्ने शुल्क तथा हराएको वा बिग्रिएको डेबिट कार्ड पुनः जारी गर्दा लाग्ने शुल्क रहेका छन्।

त्यस्तै, मोबाइल तथा इन्टरनेट बैंकिङ दर्ता तथा नवीकरण शुल्क र पासवर्ड रिसेट शुल्कमा पनि शतप्रतिशत छुट दिइने बैंकले जनाएको छ।

मुद्दती तथा रिकरिङ खाता समयअगावै बन्द गर्दा लाग्ने शुल्क र मुद्दती निक्षेपको रसिदको दोस्रो प्रति जारी गर्दा लाग्ने शुल्कमा समेत छुटको व्यवस्था गरिएको छ।

अन्य विविध सेवाअन्तर्गत हराएको चेकको सट्टा नयाँ चेक जारी गर्दा लाग्ने शुल्क, चेक रिक्विजिसन स्लिपबिना चेकबुक अनुरोध गर्दा लाग्ने शुल्क, डेबिटरक्रेडिट एडभाइसको दोस्रो प्रति जारी गर्दा लाग्ने शुल्क, ग्राहकको अनुरोधमा विभिन्न सिफारिस तथा पत्र जारी गर्दा लाग्ने शुल्क र खाताको स्किम परिवर्तन गर्दा लाग्ने शुल्कमा पनि शतप्रतिशत छुट उपलब्ध हुने बैंकले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.