सोमबार, श्रावण १८,२०८३ 08:16:02
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 08:16:02
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकमा लामो समय सेवा पुर्याएका कर्मचारी सम्मानित

एनआईसी एशिया बैंकमा लामो समय सेवा पुर्याएका कर्मचारी सम्मानित
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंक कर्मचारी संघले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बैंकमा लामो समयदेखि समर्पित रुपमा सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।

यस विशेष अवसरमा, विभिन्न प्रदेशमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै संस्थामा १० वर्ष वा सोभन्दा बढी समय सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान गरी उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको छ । कर्मचारीहरुको निरन्तर सेवा, प्रतिबद्धता र निष्ठाले संस्थाको समग्र प्रगति र सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको छ संघले जनाएको छ ।  

यस सम्मान कार्यक्रम प्रदेशगत रूपमा आयोजित गरिएको छ, जसअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा कार्यक्रम सम्पन्न भइसकेका छन् । आगामी दिनहरूमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा पनि यस्ता सम्मान कार्यक्रमहरू आयोजना गरिने संघले जनाएको छ ।  

एनआईसी एशिया बैंक कर्मचारी संघले भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिँदै कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्दै कर्मचारी र संस्थाको समग्र हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.