सोमबार, श्रावण १८,२०८३ 08:21:43
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 08:21:43
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकको नाफामा सामान्य गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?

एनआईसी एशिया बैंकको नाफामा सामान्य गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंकले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १३ करोड ११ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा १३.५३ प्रतिशतले कम हो । अघिल्लो आवमा भने बैंकले १५ करोड १७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

बैंकको खुद शुल्क तथा कमिशन आम्दानीमा समेत सामान्य गिरावट आएको छ । अघिल्लो आवमा ५ अर्ब १८ करोड रहेको खुद ब्याज आम्दानी घटेर ४ अर्ब ३६ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी बढेको छ । बैंकले यो अवधिमा ७० करोड २१ लाख रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । जुन अघिल्लो आवमा ६३ करोड २१ लाखमा सीमित थियो ।

बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । यस्तै खराब बर्जा अनुपात समेत ४.६१ प्रतिशतबाट बढेर ७.४७ प्रतिशतको उचाईमा पुगेको छ ।

अघिल्लो आवमा ३ खर्ब १९ अर्ब रहेको बैंकको निक्षेप संकलन बढेर ३ खर्ब २७ अर्ब पुगेको छ । यद्यपी कर्जा विस्तार भने अपेक्षित रुपमा हुन सकेको छैन । बैंकको कर्जा प्रवाह २ खर्ब २४ अर्बबाट घटेर २ खर्ब ९ अर्बमा सीमित बनेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२८.३३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८८.४४ गुणा र तरलता अनुपात ४२.६४ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.