काठमाण्डौ । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्ट प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा गरेको छ ।
यस योजनामा सहभागी हुने ग्राहकहरुले आईफोन १६ जित्न सक्नेछन् ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एप (मो बैंक) मार्फत रु. १०० वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ ।
योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहकहरुमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै आईफोन १६ प्रदान गरिनेछ । यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ ।