बिहीबार, भाद्र ४,२०८३ 12:44:50
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 12:44:50
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकद्वारा NEPALPAY कार्ड अक्वायरिङ्ग शुरु

एनआईसी एशिया बैंकद्वारा NEPALPAY कार्ड अक्वायरिङ्ग शुरु
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ सुदृढ बनाउँदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड अक्वायरिङ्ग सेवा सुरु गरेको छ । यससँगै अब बैंकले आफ्नो ग्राहकहरुका लागि नेपालेपे कार्ड अक्वायर गर्न सक्नेछ । त्यस्तै डिस्कभर नेटवर्क अन्तर्गतको RUPAY कार्ड लगायत अन्य अन्तर्राष्ट्रिय कार्डहरु पनि  अब बैंकको एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ ।

बैंकले हाल नेपालपे लगायत विभिन्न कार्ड स्कीमहरु मार्फत डिजिटल सेवा प्रदान गर्दै आइरहेकोमा, बैंकको यस पहलले नेशनल कार्डको प्रवद्र्धन गर्नुका साथै डिजिटल रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।    

नेपालपे कार्ड नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा आएको नेशनल कार्ड स्कीम हो । यो कार्ड नेपालमा नेशनल पेमेन्ट स्विच मार्फत र अन्तर्राष्ट्रिय भुक्तानी पार्टनर डिस्कभर नेटवर्क मार्फत विश्वव्यापी रुपमा प्रयोग गर्न सकिन्छ । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । 

Bizshala
CG Motors

साथै, अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।

हालसम्म नेपालपे कार्डको लागि ३६ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भई सकेका छन् र कार्यान्वयनको विभिन्न चरणमा रहेका छन् । हाल ७ वटा बैंक तथा वित्तीय संस्थाहरुले नेपालपे कार्ड इस्यू गर्न शुरु गरिसकेको छ भने अन्य ११ वटा बैंक तथा वित्तीय संस्थाहरुले अक्वायरिङ्ग पनि गर्दै आइरहेका छन् र, आगामी दिनहरुमा यसको संख्या थप वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ ।

नेपालका अग्रणी बैंकहरु मध्येको एन आई सी एशिया बैंकले हाल लाखौं ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समय बैंक डिजिटलाइजेसन तर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रुपमा रुपान्तरण गर्दै आइरहेको छ । देशभर बैंकका ३१६ वटा शाखा, १०३ विस्तारित काउन्टर, ३३ शाखारहित बैंकिङ्ग सेवा तथा ६०४ एटीएम टर्मिनल सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.