शनिबार, असार १४,२०८२ 10:57:18
  • शनिबार, असार १४,२०८२ 10:57:18
Global IME Bank Limited

एक महिना ०.७६% ले मात्रै बढ्यो नगद परिचालन,बैंक तथा वित्तीय संस्थाको निक्षेप ३२.०९% ले वृद्धि

Hyundai Nepal
एक महिना ०.७६% ले मात्रै बढ्यो नगद परिचालन,बैंक तथा वित्तीय संस्थाको निक्षेप ३२.०९% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन  ०.७६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

विवरण अनुसार चैत महिनासम्ममा बजारमा ६ खर्ब ६९ अर्ब ९४ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत फागुन महिनाको तुलनामा ०.७६ प्रतिशतले मात्रै बढी हो । फागुन महिनासम्ममा बजारमा ६ खर्ब ६४ अर्ब ८७ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।  

चैत महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २ खर्ब ९७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । जुन फागुन महिनाको तुलनामा ३२.०९ प्रतिशतले बढी हो । फागुन महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब २५ अर्ब ४३ करोड रुपैयाँ थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै राष्ट्र बैंकमा सरकारको निक्षेप पनि बढेको छ । फागुन महिनासम्म १ खर्ब ७८ अर्ब सरकारी निक्षेप रहेकोमा चैतसम्म बढेर २ खर्ब ८६ अर्ब पुगेको छ ।  

चैत महिनासम्म राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ८५ करोड रुपैयाँबराबरको विदेशी मुद्रा निक्षेप गरेका छन् ।  

फागुन महिनासम्ममा राष्ट्र बैंकको कुल स्वेदेशी मुद्रा सम्पत्ति १ खर्ब ६ अर्ब रुपैयाँबराबर र कुल स्वदेशी दायित्व १२ खर्ब ८१ अर्ब रुपैयाँबराबर रहेको छ ।  

यस्तै कुल विदेशी मुद्रा सम्पत्ति १७ खर्ब ९९ अर्ब र कुल विदेशी मुद्रा दायित्व ४६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.