आईतवार, जेष्ठ ४,२०८२ 10:28:47
IME remit
  • आईतवार, जेष्ठ ४,२०८२ 10:28:47
IME remit
Global IME Bank Limited

डा. विश्व पौडेललाई भोलि गभर्नर नियुक्त गर्ने सरकारको तयारी, पर्सिदेखि मुद्दै-मुद्दा

Hyundai Nepal
डा. विश्व पौडेललाई भोलि गभर्नर नियुक्त गर्ने सरकारको तयारी, पर्सिदेखि मुद्दै-मुद्दा
Nabil Bank Limited

काठमाण्डौ । हालसम्म बनेका योजना र विकसित घटनाक्रमहरुलाई आधार मान्ने हो भने सोमबार(भोलि) बस्ने मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्त गर्ने भएको छ ।  

प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस र नेकपा एमालेको शीर्ष नेतृत्वबीचको सहमतिअनुसार अर्थशास्त्री तथा कांग्रेस कार्यकर्ता डा. विश्व पौडेललाई नेपाल राष्ट्रबैंकको १८ औं गभर्नर नियुक्त गर्ने गरी लगभग सबै तयारी पूरा भएका छन् । 

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

'सबै कुरा सही रह्यो र रातारात कुनै ट्वीस्ट आएन भने मुलुकले भोलि(सोमबार) नयाँ गभर्नर पाउनेछ ।' प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका एक प्रभावशाली सदस्यले बिजशालासँग भने-'भोलि बिहान गभर्नर सिफारिस समितिको बैठक राखिएको छ । त्यही बैठकबाट पौडेलसहित ३ जनाको नाम सिफारिस हुँदैछ । साँझको क्याबिनेटले डा. पौडेललाई गभर्नरमा नियुक्तिको निर्णय लिनेछ ।'  

स्रोतका अनुसार डा. विश्व पौडेललाई गभर्नरमा नियुक्ति गरिएपछि अदालतमा मुद्दाहरु पर्ने भयका कारण सत्तारुढ घटकका शीर्ष नेतृत्वले मंगलबार बिहानै पदबहाली तथा सपथको तयारी समेत गरेका छन् । भरसक अदालतमा कुनै मुद्दा दर्ता हुनुअघि वा यसअघि दर्ता भएको मुद्दाको प्रक्रिया चल्नुअघि नै सपथ गराएर पदबहाली गराउनेसम्मको योजना रहेको बताइएको छ ।  

प्रमुख सत्तारुढ दलका शीर्ष नेताहरुले नयाँ गभर्नरको नियुक्तिको तयारीमा लागिरहँदा केही अधिवक्ताहरु यसअघि नै पौडेलको नियुक्ति गैरकानूनी हुने भन्दै त्यसलाई रोक्न रिट लिएर अदालतमा पुगिसकेको अवस्था छ । नियुक्ति लगत्तै अन्य समूह पनि नेपाल राष्ट्रबैंक ऐन, २०५८ मा रहेको कानूनी व्यवस्थाको बर्खिलाप हुने गरी डा. पौडेलको नियुक्ति बदरको माग गर्दै रिट लिएर अदालतमा पुग्ने तयारीमा छन् । 

Muktinath Bikas Bank Limited

सरकारले गभर्नर नियुक्त गर्ने र लगत्तै एकपछि अर्को मुद्दा परी नयाँ लफडा सिर्जना हुने देखिन्छ ।  

पछिल्लो समय डा. विश्व पौडेलमाथि गभर्नर बन्न कानूनी मात्र होइन, नैतिक उल्झन समेत देखिएको छ । पहिला आफैं गभर्नर सिफारिस समितिको सदस्यमा बसेका व्यक्ति आफैं नियुक्ति खान अगाडि बढेपछि उनको नैतिकताको विषयमा समेत चर्का बहसहरु भइरहेका छन् ।  

राष्ट्रबैंक ऐनको दफा २१ मा उल्लेख गभर्नरमा नियुक्त हुने व्यक्ति कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने व्यवस्थाविपरीत गत निर्वाचनमा चितवन १ बाट संघीय सांसदको निर्वाचन लडी हरि ढकालसँग चुनाव हारेका डा. पौडेल गभर्नर बन्न कस्सिएपछि कानूनी प्रश्नहरु पनि उठिरहेका छन् । डा. पौडेल आफैं कांग्रेसको महासमिति सदस्य तथा क्रियाशील सदस्य समेत रहेका तथ्यहरु बाहिर आइसकेका छन् । यी सबै तथ्यहरुमा तोडमोड गरी ठूला दलका शीर्ष नेताहरुले गभर्नरमा जबरजस्ती गर्न खोजिरहेका भन्दै सर्वसाधारणबाट समेत व्यापक विरोध भइरहेको छ। तर, दलहरु भने विरोधको बेवास्ता गरी डा. पौडेललाई नै गभर्नर बनाएर अगाडि बढ्ने तयारीमा देखिन्छन् ।

सम्बन्धित समाचार:

गभर्नर बन्न सक्दैनन् विश्व पौडेल, राष्ट्रबैंक ऐन बन्यो बाधक

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.