मंगलवार, श्रावण ५,२०८३ 03:11:31
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:11:31
Bizshala
Global IME Bank Limited

राष्ट्र बैंकद्वारा सुन आयातको दैनिक सीमा वृद्धि, विप्रेषणको सीमा पनि बढाईयो

राष्ट्र बैंकद्वारा सुन आयातको दैनिक सीमा वृद्धि, विप्रेषणको सीमा पनि बढाईयो
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक परिणामको सीमा बढाएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एकीकृत परिपत्र–२०८१ संशोधन गर्दै सुन आयातको दैनिक सीमा बढाएको हो।

विभागले विदेशी विनिमय(नियमति गर्ने)ऐन,२०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन,२०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी परिपत्र जारी गरेको जनाएको छ । जसअनुसार आयात गर्न सकिने सुनको दैनिक परिणामलाई बढाएर २५ किलोग्राम पुर्याइएको छ । यसअघि दैनिक २० किलोग्रामसम्म सुन नेपाल आयात गर्न सकिन्थ्यो ।  

त्यसैगरी, विदेशबाट आउने रेमिट्यान्ससम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ। जसअनुसार नेपाली विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/ संस्था/शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा फर्म÷कम्पनी÷संस्था) बाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत् सम्बन्धित बेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक रु. २५ लाखसम्म (एकपटक वा पटक पटक) को विप्रेषण रकम ल्याउन सकिने छ । यसरी इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनु पर्नेछ ।

यस परिपत्रबमोजिम भित्रिएको विप्रेषणको विवरण अनुसूची २४.४ को ढाँचामा मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेश गर्नु पर्नेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.