शुक्रबार, बैशाख ४,२०८३ 07:36:19
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 07:36:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कोरिया-नेपाल संयुक्त अनुसन्धान प्रतिवेदन: सेयर बजारमा विदेशी लगानीको ढोका खोल्न सुझाव

Bizshala
कोरिया-नेपाल संयुक्त अनुसन्धान प्रतिवेदन: सेयर बजारमा विदेशी लगानीको ढोका खोल्न सुझाव
Shivam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंक (एनआरबी)सँग सम्बन्धित नयाँ प्रतिवेदनले विदेशी लगानीकर्तालाई नेपाली सेयर बजारमा प्रवेश दिने नीतिगत ढोका खोल्नुपर्ने स्पष्ट सुझाव दिएको छ। 

पूँजी खाता उदारीकरणको दोस्रो चरणमै विदेशी लगानीकर्तालाई सूचीकृत कम्पनीमा लगानी गर्न दिने प्रस्ताव गरिएको छ, जसले नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय लगानीसँग जोड्ने आधार तयार पार्ने देखिएको छ। 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रतिवेदन अनुसार पूँजी खाता उदारीकरणलाई पाँच चरणमा अघि बढाउनुपर्ने उल्लेख गर्दै पहिलो चरणमा प्रत्यक्ष विदेशी लगानी (FDI) र दीर्घकालीन रणनीतिक लगानी खुला गर्ने, दोस्रो चरणमा विदेशी लगानीकर्तालाई सेयर बजारमा प्रवेश दिने, तेस्रो चरणमा सरकारी ऋणपत्रमा लगानी अनुमति दिने, चौथो चरणमा छोटो अवधिको बाह्य ऋण तथा बैंकिङ लगानी खोल्ने र अन्तिम चरणमा पूर्ण उदारीकरण गर्ने प्रस्ताव गरिएको छ।

यद्यपि, प्रतिवेदनले हाल कायम भारतीय रुपैयाँसँगको स्थिर विनिमय दर (पेग प्रणाली)लाई प्रमुख चुनौतीको रूपमा औंल्याएको छ। यस्तो संरचनामा पूँजी खाता पूर्ण रूपमा खोल्न हतार गर्दा वित्तीय अस्थिरता र संकट निम्तिन सक्ने चेतावनी दिइएको छ। त्यसका लागि कानुनी, संस्थागत तथा मौद्रिक नीतिमा सुधार अपरिहार्य हुने उल्लेख गरिएको छ।

उक्त अध्ययन प्रतिवेदन नेपाल राष्ट्र बैंकको सहकार्यमा दक्षिण कोरियाको केन्द्रीय बैंक Bank of Korea अन्तर्गत सञ्चालन भएको “Knowledge Partnership Program (KPP)” मार्फत तयार गरिएको हो। यस अनुसन्धानमा Dongguk University को उद्योग–शैक्षिक सहकार्य प्रतिष्ठानले कार्यान्वयन निकायको रूपमा नेतृत्व गरेको थियो भने कोरियाका केन्द्रीय बैंकका पूर्व तथा वर्तमान अधिकारीहरू, विभिन्न विश्वविद्यालयका वित्त विषयका प्राध्यापकहरू र अनुसन्धान संस्थाका विज्ञहरूको सहभागिता रहेको थियो। नेपालतर्फबाट नेपाल राष्ट्र बैंकका विभिन्न विभागका अधिकारीहरू(जस्तै विदेशी विनिमय व्यवस्थापन, मौद्रिक व्यवस्थापन, बैंकिङ तथा आर्थिक अनुसन्धान विभाग)का विज्ञहरू अनुसन्धान टिममा संलग्न थिए। यसरी यो प्रतिवेदन नेपाल र दक्षिण कोरियाका नीति निर्माता, शिक्षाविद् तथा प्राविधिक विज्ञहरूको संयुक्त सहकार्यमा तयार भएको हो।

CG Motors
Garima Development Bank
IME remit

प्रतिवेदनले सफल उदारीकरणका लागि सुदृढ आर्थिक आधार, न्यून मुद्रास्फीति, वित्तीय अनुशासन र पारदर्शी पूँजी प्रवाह व्यवस्थापन आवश्यक रहेको जनाएको छ। साथै, विदेशी मुद्रा सञ्चिति मजबुत बनाउने, पूँजी प्रवाहको प्रभावकारी निगरानी गर्ने र वित्तीय सुरक्षा संयन्त्र विकास गर्नुपर्नेमा पनि जोड दिइएको छ।

यसका अतिरिक्त, दीर्घकालीन रूपमा नेपालले लचिलो विनिमय दर प्रणाली, ब्याजदरमा आधारित मौद्रिक नीति र बहु-मुद्रा टोकरी प्रणालीतर्फ क्रमशः अघि बढ्नुपर्ने सुझावसमेत प्रतिवेदनमा दिइएको छ।

समग्रमा, प्रतिवेदनले नेपाली सेयर बजारमा विदेशी लगानी भित्र्याउने ढोका खोल्ने सम्भावना औंल्याए पनि त्यसका लागि चरणबद्ध, सावधानीपूर्ण र तयारीसहितको नीति आवश्यक हुने निष्कर्ष निकालेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.