बुधबार, चैत्र ५,२०८१ 03:11:25
IME remit
  • बुधबार, चैत्र ५,२०८१ 03:11:25
IME remit
Global IME Bank Limited

राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्ने

Hyundai Nepal
राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्ने
Nabil Bank Limited

काठमाण्डौ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त रकम झिक्न लागेको हो ।

Shivam Cement
Bizshala
CG Motors

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल  गर्न सकिने बैंकले जनाएको छ । अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल भएमा बजारबाट पैसा झिक्ने गर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी चैत २७ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.