काठमाण्डौ । वेष्ट एक्सचेञ्ज हाउस प्रालिले इजाजतपत्र खारेजीको माग गर्दै नेपाल राष्ट्र बैंकमा निवेदन दिएको छ । ठमेलबाट कारोबार सञ्चालन गरिरहेको कम्पनीले स्वेच्छिक रुपमा इजाजतपत्र खारेज गर्न माग गर्दै केन्द्रीय बैंकमा निवेदन दिएको हो ।
राष्ट्र बैंकले मनिचेञ्चर सिलसिलामा उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाको लेनदेन(मनिचेञ्जर सम्बन्धित कारोबार मात्र)रकम बाँकी रहेको भए लिखित रुपमा जानकारी दिन सूचित गरेको छ । यस्तो जानकारी सूचना प्रकाशित भएको ३५ दिनभित्र विदेशी विनियम व्यवस्थापन विभागमा दिनुपर्नेछ ।
तोकिएको मितिभित्र लिखित जानकारी प्राप्त नभएमा निवेदकको मागबमोजिम इजाजतपत्र खारेज गरी बैंक जमानत फुकुवा भई जाने राष्ट्र बैंकले जनाएको छ ।