बुधबार, माघ २,२०८१ 10:31:55
IME remit
  • बुधबार, माघ २,२०८१ 10:31:55
IME remit
Global IME Bank Limited

मुद्दती निक्षेपमा १.४३ अर्ब लगानी गर्दै राष्ट्र बैंक

Hyundai Nepal
मुद्दती निक्षेपमा १.४३ अर्ब लगानी गर्दै राष्ट्र बैंक
Nabil Bank Limited

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले पेन्सन कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा १ अर्ब ४३ करोड रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८१ असार ३ गतेदेखि २०८१ असार ३ गते गतेसम्म (१ वर्ष)  अर्थात ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  

बैंकले  ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १४ करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरूमा २१ करोड ४५ लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा ७ करोड १५ लाख रुपैयाँ लगानी गर्न बोलपत्र आह्वान गरेको छ ।  

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी जेठ २७ गतेभित्र ब्याजदर सम्बन्धी प्रस्ताव पेस गनुपर्ने राष्ट्र बेंकले जनाएको छ ।

मुद्दती निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको तथा निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने छ ।

Bizshala
CG Motors
Sagarmatha Cement

यस्तै खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनु पर्नेछ ।

लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको हुनुपर्ने छ ।

शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेछ । बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.