सोमबार, असार १६,२०८२ 04:10:33
  • सोमबार, असार १६,२०८२ 04:10:33
Global IME Bank Limited

बैंक तथा वित्तीय संस्थाले एक दिनमै संकलन गरे २ अर्ब निक्षेप,कर्जा प्रवाहको अवस्था कस्तो ?

Hyundai Nepal
बैंक तथा वित्तीय संस्थाले एक दिनमै संकलन गरे २ अर्ब निक्षेप,कर्जा प्रवाहको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुद्वारा संकलन भएको निक्षप ६१ खर्ब बढी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप ६१ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन अर्थात माघ १३ गतेसम्म यो रकम ६१ खर्ब ३४ अर्ब थियो । यसरी एक दिनको अवधिमा बैंक तथा वित्तीय संस्थामा २ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।  

माघ १४ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २९ अर्ब रहेको छ । माघ १३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ५४ खर्ब २७ करोड रुपैयाँ थियो । वाणिज्य बैंकहरुको एक दिनको अवधिमा निक्षेप संकलन २ अर्ब रुपैयाँ बढेको छ ।  

एक दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट भएको कर्जा ३ अर्ब रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार माघ १४ गते बैंक तथा वित्तीय संस्थाहरुबाट ५० खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो दिनसम्म यो रकम ५० खर्ब ७८ अर्ब रुपैयाँ थियो ।  

अघिल्लो दिनसम्म ४४ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले माघ १४ गतेसम्म ४४ खर्ब ९२ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । माघ १४ गतेसम्म कर्जा–निक्षेप अनुपात ८०.४८ प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.