सोमबार, श्रावण २५,२०८३ 02:45:03
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 02:45:03
Bizshala
Global IME Bank Limited

बैंक तथा वित्तीय संस्थाले एक दिनमै संकलन गरे २ अर्ब निक्षेप,कर्जा प्रवाहको अवस्था कस्तो ?

बैंक तथा वित्तीय संस्थाले एक दिनमै संकलन गरे २ अर्ब निक्षेप,कर्जा प्रवाहको अवस्था कस्तो ?
New Office

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुद्वारा संकलन भएको निक्षप ६१ खर्ब बढी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप ६१ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको हो ।  

अघिल्लो दिन अर्थात माघ १३ गतेसम्म यो रकम ६१ खर्ब ३४ अर्ब थियो । यसरी एक दिनको अवधिमा बैंक तथा वित्तीय संस्थामा २ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।  

माघ १४ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २९ अर्ब रहेको छ । माघ १३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ५४ खर्ब २७ करोड रुपैयाँ थियो । वाणिज्य बैंकहरुको एक दिनको अवधिमा निक्षेप संकलन २ अर्ब रुपैयाँ बढेको छ ।  

एक दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट भएको कर्जा ३ अर्ब रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार माघ १४ गते बैंक तथा वित्तीय संस्थाहरुबाट ५० खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो दिनसम्म यो रकम ५० खर्ब ७८ अर्ब रुपैयाँ थियो ।  

अघिल्लो दिनसम्म ४४ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले माघ १४ गतेसम्म ४४ खर्ब ९२ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । माघ १४ गतेसम्म कर्जा–निक्षेप अनुपात ८०.४८ प्रतिशत रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.