काठमाण्डौ । नेपालमा कालो सूची जारी गर्ने निकाय कर्जा सूचना केन्द्र रहेको छ । कालो सूचीमा पर्ने व्यक्ति तथा संस्थाहरूले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सक्दैनन्
यस्तै सञ्चालनमा रहेका बैंक खाताहरूमा रकम जम्मा गर्न बाहेक अन्य बैकिङ कारोबार गर्न नपाउनुका साथै नयाँ बचत वा चल्ती खाता खोल्न पनि पाउँदैनन् ।
नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार देहायका अवस्थामा कुनै व्यक्ति वा संस्था कालोसूचीमा पर्न सक्छः
१. चेक अनादर(चेक बाउन्स) भएमा–चेक जारी भएपछी ३ पटक सम्म भुक्तानी नभई अनादर भएमा ।
२ कुनै पनि बैंक तथा वित्तीय संस्था मार्फत लिएको कर्जाको शर्तहरू पालना नभएमा, कर्जाको दुरूपयोग भएमा वा कर्जाको साँवा वा साँवाको कुनै किस्ता वा ब्याजको भुक्तानी मिति एक वर्ष नाघेमा ।