बिहीबार, जेष्ठ ७,२०८३ 07:19:12
Bizshala
  • बिहीबार, जेष्ठ ७,२०८३ 07:19:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

संसद रोकेर अध्यादेश ल्याइँदै: गभर्नरलगायतका राजनीतिक नियुक्ति एकैपटक खारेजीमा पर्नसक्ने

Laxmi Sunrise Bank Limited
संसद रोकेर अध्यादेश ल्याइँदै: गभर्नरलगायतका राजनीतिक नियुक्ति एकैपटक खारेजीमा पर्नसक्ने
Shivam Cement

काठमाण्डौ । बालेन शाहको नेतृत्वमा बनेको राष्टिय स्वतन्त्र पार्टीको झण्डै दुईतिहाई बहुमतसहितको सरकारले शक्तिशाली अध्यादेश ल्याएर राजनीतिक नियुक्ति लिएकाहरुलाई एकैपटक पदबाट विदा गर्ने तयारी थालेको छ ।  

शाह क्याबिनेटका एक प्रभावशाली मन्त्रीका अनुसार निकट भविष्यमै सरकारले केही अध्यादेश ल्याउने गृहकार्य गरिरहेको छ । त्यसमध्ये यसअघिका सरकारहरुले विभिन्न समयमा गरेका राजनीतिक नियुक्तिलाई एकपटक खारेज गर्ने गरी अध्यादेश ल्याउने तयारी समेत भइरहेको हो । 

Bizshala
New Office
CG Motors

रास्वपाका सभापति रवि लामिछानेले यसअघि चलेको संसद बैठकमा बोल्ने क्रममा यसअघिका सरकारहरुबाट राजनीतिक नियुक्ति लिएकाहरुलाई पद त्याग गरी नयाँ सरकारलाई सहयोग गर्न आह्वान गरेका थिए । उनको आह्वानपछि राजनीतिक नियुक्ति लिएर पद त्याग गर्नेहरुको संख्या अत्यन्त कम देखिएपछि र अधिकांशले अटेर गरेका कारण सरकारले अध्यादेशको साहारा लिने भएको हो ।  

अध्यादेशमार्फत १ हजार बढी राजनीतिक नियुक्तिहरुलाई एकैपटक खारेज गर्ने सरकारको योजना रहेको बुझिएको छ ।  

रास्वपा सभापति लामिछानेको आह्वानपछि सरकारलाई सहयोग गर्ने भन्दै राजीनामा दिनेमध्ये नेप्सेका अध्यक्ष हेमन्त बस्याल मात्रै हुन् । धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पनि सरकारलाई सहयोग गर्न भन्दै आफूले राजीनामा दिएको बताए पनि उनी गम्भीर अनुसन्धानमा तानिएसँगै सम्भावित बर्खास्तीबाट जोगिन राजीनामा दिन बाध्य भएका थिए ।  

सरकारले अध्यादेशमार्फत पूर्ववर्ती सरकारहरुले गरेको राजनीतिक नियुक्ति एकैपटक खारेज गर्ने तयारी गरेपछि धेरैको चासो नेपाल राष्टबैंकको गभर्नरमा रहेका विश्व पौडेलको नियुक्ति के हुन्छ ? भन्ने रहेको छ । कतिपयले पौडेललाई सरकारले जबरजस्ती ननिकाल्ने अनुमान गर्दै आएका छन् । तर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भने डा. विश्व पौडेलले आफैं राजीनामा गरी सरकारलाई मार्गप्रशस्त गरुन् भन्ने चाहना राख्ने हाम्रो समाचारको स्रोत बनेका ती क्याबिनेट सदस्यको दाबी छ । 

Garima Development Bank
Shivam Cement
IME remit

'अध्यादेश नै ल्याइसकेपछि सायद गभर्नरले पनि नैतिकता देखाउनुहुन्छ होला भन्ने हाम्रो अनुमान छ ।' ती मन्त्रीले बिजशालासँग भने-'पार्टी सभापतिले नै सार्वजनिक आह्वान गरिसकेपछि पनि उहाँले बुझ्नुपर्ने थियो, तर सबै कुरा उल्टो भयो।'  

पछिल्लो समय प्रधानमन्त्री बालेन शाह समेत गभर्नर पौडेलको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । उनलाई एउटा कार्यक्रममा अमेरिका नजान प्रधानमन्त्री कार्यालयबाट सन्देश समेत पठाइएको थियो । तर, गभर्नरले अघिल्लो सरकारबाटै स्वीकृत भ्रमण भन्दै प्रधानमन्त्रीको सन्देशलाई लत्याउँदै अमेरिका गएका थिए । सरकारलाई नै अटेर गरेपछि शाहले समेत गभर्नर पौडेलको सकेसम्म शीघ्र राजीनामा आओस् भन्ने चाहेका छन् ।  

त्यसो त राष्ट्रबैंकको सोमबार भएको वार्षिकोत्सव कार्यक्रममा त्यहीँका कर्मचारीहरुको एउटा समूहले कालोब्यानरसहित गभर्नर पौडेलको कार्यशैलीको विरोध गर्दै प्रदर्शन गरे । यो प्रदर्शनलाई गभर्नर स्वयम्ले सरकारमा रहेकाहरुले गराएको सुनियोजित प्रहारको रुपमा आफू निकटस्थहरुसँग ब्रिफ गरेका छन् । चौतर्फी अप्ठ्यारो पारी गभर्नरलाई राजीनामा दिन बाध्य पार्ने सरकारको रणनीति बुझिन्छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.