आईतवार, कार्तिक १,२०८३ 05:17:37
  • आईतवार, कार्तिक १,२०८३ 05:17:37
Global IME Bank Limited

आज कति छ डलरको भाउ ? यूरो र पाउण्डको अवस्था कस्तो ?

Bizshala
आज कति छ डलरको भाउ ? यूरो र पाउण्डको अवस्था कस्तो ?
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलरको खरिददर प्रतिडलर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा कायम भएको छ।

युरोपियन युरोको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५१ पैसा रहेको छ। बेलायती पाउन्ड स्ट्रलिङको खरिददर २०५ रुपैयाँ ०८ पैसा तथा बिक्रीदर २०५ रुपैयाँ ८८ पैसा तोकिएको छ। स्वीस फ्र्याङ्कको खरिददर १८६ रुपैयाँ २२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९५ पैसा कायम गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै, अष्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८७ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १२० रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा कायम हुँदा चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ।

खाडी मुलुकका मुद्रामध्ये साउदी रियालको खरिददर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा तथा कतारी रियालको खरिददर ४२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४२ रुपैयाँ १७ पैसा कायम भएको छ। युएई दिरामको खरिददर ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा तोकिएको छ।

त्यसैगरी, थाई भाटको खरिददर ४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा तथा दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०९ पैसा रहेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

स्वीडिस क्रोनरको खरिददर १५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५ रुपैयाँ ६४ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६२ पैसा कायम गरिएको छ। हङकङ डलरको खरिददर १९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार कुवेती दिनारको खरिददर ४९८ रुपैयाँ १३ पैसा र बिक्रीदर ५०० रुपैयाँ ०८ पैसा पुगेको छ। बहराइन दिनारको खरिददर ४०६ रुपैयाँ १० पैसा र बिक्रीदर ४०७ रुपैयाँ ६९ पैसा तथा ओमानी रियालको खरिददर ३९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.