सोमबार, असार १६,२०८२ 02:23:37
  • सोमबार, असार १६,२०८२ 02:23:37
Global IME Bank Limited

प्रणालीमा निक्षेप थुप्रिएर कर्जा सुस्ताउँदा सीडी रेसियो ८०% मुनि

Hyundai Nepal
प्रणालीमा निक्षेप थुप्रिएर कर्जा सुस्ताउँदा सीडी रेसियो ८०% मुनि
Nabil Bank Limited

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिने क्रम बढिरहेको छ ।  

बैंकहरुको कर्जा प्रवाह सुस्ताउँदा निक्षेप थपिने क्रम जारी छ । फलस्वरुप राष्ट्रबैंकले बेला-बेला जारी गर्ने तरलता प्रशोचनका उपकरणमा अत्यन्त न्यूत ब्याजदरमा निक्षेप राख्न बैंकहरु बाध्य छन् ।  

निक्षेप थुप्रिँदा बैंकहरुले आफ्नो कस्ट अफ फण्ड घटाउनका लागि विगत केही महिनादेखि लगातार ब्याजदरमा कटौति गरिरहेका छन् । यो क्रमले चैतका लागि तोकिने ब्याजदरमा समेत निरन्तरता पाउने अनुमान गरिएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

बैंकिंग प्रणालीको यो सकसले बैंकहरुको क्रेडिट डिपोजिट(सिडी) रेसियो समेत लगातार घटिरहेको छ ।  

राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुले कर्जा निक्षेपको यस्तो अनुपात ९० प्रतिशतसम्म हुनुपर्ने व्यवस्था गरेको छ । तर, पछिल्लो समय यस्तो अनुपात घटेर ८० प्रतिशतभन्दा पनि तल झरेको छ ।  

राष्ट्रबैंकका अनुसार ९ मार्चसम्मको सीडी रेसियो ७९.९० प्रतिशतमा खुम्चिएको छ ।  

सो दिनसम्मको आँकडा अनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप अघिल्लो दिन(८ मार्च)को तुलनामा २ अर्बले घटेको देखिएको छ ।  

समग्र प्रणालीमा समेत २ अर्बले निक्षेप घटेको छ ।  

वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह पनि १ अर्बले घटेको देखिएको छ । अन्य वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा पनि १ अर्बले घटेको छ ।  

९ मार्चको अन्तर बैंक ब्याजदर २.८८ प्रतिशत रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.