सोमबार, असार १६,२०८२ 12:27:08
  • सोमबार, असार १६,२०८२ 12:27:08
Global IME Bank Limited

आफ्नै महिला हाकिमलाई दुव्र्यवहार गर्ने राष्ट्रबैंकका निर्देशक बर्खास्त

Hyundai Nepal
आफ्नै महिला हाकिमलाई दुव्र्यवहार गर्ने राष्ट्रबैंकका निर्देशक बर्खास्त
Nabil Bank Limited

काठमाण्डौ । आफ्नै महिला हाकिममाथि दुव्यर्वहार गर्ने नेपाल राष्ट्रबैंकका निर्देशक थानेश्वर आचार्य मंगलबार सेवाबाट बर्खास्त भएका छन् ।  

राष्टबैंकको मानव संसाधन विभागले उनलाई महिला कर्मचारीमाथि दुव्यर्वहार गरेको विषयमा दोषी ठहर भएपछि गभर्नरको आदेशअनुसार बर्खास्त गरेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

निर्देशक आचार्य राष्टबैंकबाट भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्तीमा परेका स्रोतले बताएको छ ।  

गएको पुस २७ गते नेपाल राष्ट्रबैंकले नगरकोटमा आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी एक कार्यक्रममा आचार्यले डेपुटी गभर्नर निलम ढुंगानामाथि दुव्र्यवहार गरेका आरोप लागेको थियो ।  

सोही आरोपमा उनीमाथि छानबिन चलेको थियो । पटक पटक प्रष्टीकरण लिइएको थियो । तर उनले चित्तबुझ्दो जवाफ दिएका थिएनन् ।  

यो प्रकरण केन्द्रीय बैंकभित्रै दबाउनका लागि धेरै प्रयास भएका आरोप लागे पनि चौतर्फी दवाबका कारण राष्ट्रबैंक नेतृत्व उनीमाथि कारबाही गर्न बाध्य बनेको स्रोतहरु दाबी गर्छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.