काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबारबारे तत्काल खबर गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय सचेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनासाथ कहाँ र कसलाई खबर गर्ने भन्ने बारे धेरैजसो मानिसहरु अनविज्ञ रहेको पाइन्छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगको लागि कर्मचारीहरू ‘कस्टमर सपोर्ट टिम’ को व्यवस्था गरेका हुन्छन् । कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र इकाईमा खबर गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
यसका साथै, आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरूको आपतकालीन सहयोगको लागि सम्पर्क नम्बरहरु थाहा पाइराख्न समेत सूचित गरिएको छ ।