मंगलवार, श्रावण ५,२०८३ 03:17:58
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:17:58
Bizshala
Global IME Bank Limited

राष्ट्र बैंकको कारवाहीमा परे यी ६ लघुवित्त, कुनलाई कस्तो सजाय ?

राष्ट्र बैंकको कारवाहीमा परे यी ६ लघुवित्त, कुनलाई कस्तो सजाय ?
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा लघुवित्त वित्तीय संस्थालाई कारवाही गरेको छ । केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को तेश्रो त्रैमाससम्म इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था, सोका सञ्चालक समितिका पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको हो ।

विभागले आरम्भ चौतारी लघुवित्त, धौलागिरी लघुवित्त, सिवाईसी नेपाल लघुवित्त, गणपति लघुवित्त सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तलाई कारवाही गरेको हो । आरम्भ चौतारी लघुवित्तले २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ७.७७ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै संस्थाको कर्मचारी सेवा विनियमावली, २०८० को विनियम ९५ मा सेवामा पुनः कायम गर्न सक्ने सम्बन्धी व्यवस्थाको मर्म विपरित हुनेगरी नायब कार्यकारी अधिकृतलाई पुनरबहाली गराएको तथा स्पष्ट आधार र कारण विना निज संस्थामा बहाल नरहेको अवधिको रकम समेत नियम विपरित प्रदान गरेको पाईएकाले धौलागिरि लघुवित्तका सञ्चालक समितिका अध्यक्ष सिर्जना थापा लगायत ६ जना सञ्चालकलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को (क) बमोजिम अब उप्रान्त यस्तो कार्य नगर्न/नगराउन सचेत गराइएको छ ।

सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष पद्मनाथ शर्मा लगायतका ५ जना सञ्चालकलाई सञ्चालक समितिले सवारी साधन खरीद गर्दा संस्थाको आर्थिक प्रशासन विनियमावलीमा भएको व्यवस्थाबमोजिम तोकिएको खर्च सीमा तथा अख्तियारी पालना नगरेको भन्दै नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा १(क) बमोजिम सञ्चालक समितिलाई अब उप्रान्त यस प्रकारको कार्य नगर्नु/नगराउनु हुन सचेत गराईएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यस्तै नेरुडे मिर्मिरे लघुवित्तका सीईओ भोजराज बस्याललाई संस्थाले कर्जा नोक्सानी व्यवस्था कायम गरेको रकम रू.८१.५५ करोड फिर्ता गरी आम्दानी जनाउँदा त्यसरी फिर्ता गरेको नोक्सानी व्यवस्था रकमको विवरण कुन कुन ऋणीको हो भन्ने यकिन नगरी राष्ट्र बैंकको निर्देशन विपरित हुने गरी आम्दानी लेखाङ्कन गरेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम अब उप्रान्त यस्तो कार्य नदोहो¥याउन सचेत गराईएको छ ।

राष्ट्र बैंकले गण्पाति लघुवित्तलाई २०८२ असोज मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६.०६ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको जनाएको छ ।

यसैगरी सामुदायिक लघुवित्तलाई २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको छ ।

नेरुडे मिर्मिरे लघुवित्तलाई २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६.०१ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै सिवाईसी लघुवित्तलाई २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६.२० प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.