बिहीबार, फाल्गुन २९,२०८१ 08:36:14
IME remit
  • बिहीबार, फाल्गुन २९,२०८१ 08:36:14
IME remit
Global IME Bank Limited

गभर्नर सिफारिस समितिमा २ सदस्य कांग्रेसकै भागमा, गठबन्धनमै समस्या आउने देखिएपछि एमाले पछाडि हट्दै !

Hyundai Nepal
गभर्नर सिफारिस समितिमा २ सदस्य कांग्रेसकै भागमा, गठबन्धनमै समस्या आउने देखिएपछि एमाले पछाडि हट्दै !
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको आगामी गभर्नर आफूले लिने योजनाका साथ नेपाली कांग्रेसले सिफारिस समितिमा आफूनिकटका २ व्यक्तिलाई सदस्य बनाएर पठाएको छ ।  

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित गभर्नर सिफारिस समितिको २ सदस्यमा कांग्रेसले डा. विश्व पौडेल र पूर्व गभर्नर विजयनाथ भट्टराईलाई सदस्य बनाएको हो ।  

तीन सदस्यीय सिफारिस समितिमा आफ्नो पल्ला भारि बनाएर आफूनिकटकै व्यक्तिलाई गभर्नर बनाउने सत्ता गठबन्धनको प्रमुख साझेदार दल नेपाली कांग्रेसको रणनीति सफल बन्ने देखिएको छ । योसँगै अब नेपाली कांग्रेसले आफ्नै व्यक्तिलाई आगामी गभर्नर बनाउने प्रयासलाई अझ तीव्र पारेको छ । 

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

कांग्रेसको पदाधिकारी तहका एक नेताका अनुसार विगतका अनुभवहरुलाई समेत आधार मानेर योपटक पार्टीले गभर्नर पद एमालेलाई बुझाउने छैन । राष्ट्रबैंकको गभर्नरको पद निकै महत्वपूर्ण हुने र विगतमा एमालेको क्याडर गभर्नरको रुपमा रहँदा कांग्रेसका अर्थमन्त्रीहरुलाई धोकापूर्ण व्यवहार भएकोले निकट भविष्यमै शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएकोले त्यही तीतो विगत नदोहोरियोस् भन्ने उद्देश्यका लागि समेत गभर्नरको पद आफूहरुले नछाड्ने ती नेताले बताए । 'हामी कुनै पनि हालतमा गभर्नर एमालेलाई दिंदैनौं । हाम्रा सभापतिको नेतृत्वमा केही महिनापछि नै सरकार गठन हुने पूर्व समझदारी रहेकोले हामीलाई अनुकुल हुने र ट्यूनिङ मिल्ने व्यक्ति गभर्नरको रुपमा आउनुहुन्छ ।' ती नेताले बिजशालासँग भने-'यही रणनीति र समझदारीअनुसार पनि हामीले तीन सदस्यीय सिफारिस समितिमा २ जना हाम्रा मान्छेलाई सदस्य बनाएका हौं ।'  

गभर्नर छनौटको विषयमा उच्च तहमा केही चरणको छलफल भइसकेको बताएका ती नेताले सो क्रममा आफूहरुले नपाए गठबन्धनमा समस्या आउनेसम्मको चेतावनी घुमाउरो ढंगले दिइसकिएको दाबी गरे । 'एमालेले गभर्नर कांग्रेसका लागि कति महत्वपूर्ण छ भन्ने बुझिसकेको लाग्छ । अब थप गडबड नगर्ला ।' ती नेताले भने-'गभर्नर हामीले पाउने गरी हुने भागबण्डामा हामी तयार छौं । हाम्रा सभापतिजीले बताएअनुसार एमाले अध्यक्ष ओली समेत त्यसमा सकारात्मक हुनुहुन्छ ।'

गभर्नरमा कांग्रेसको यही जोडको संकेतको रुपमा केही दिनअघि पार्टीका महामन्त्री गगनकुमार थापाले संसद बैठकमै नियुक्तिको प्रक्रियालाई आफूहरुले नजिकबाट हेरिरहेको बताएका थिए ।  

यसअघि गभर्नरको रेसमा अर्थशास्त्री डा. विश्व पौडेल पनि सहभागी थिए । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरका लागि तयार रहन भनेका थिए । तर, डा. पौडेलले आफू चुनाव लडिसकेको व्यक्ति भएको र भोलिका दिनमा मूलधारको राजनीतिमै रमाउने प्रष्ट खुलाएपछि कांग्रेसबाट अर्को दमदार पात्रलाई गभर्नर बनाउने योजनाअनुसार डा. पौडेललाई सिफारिस समितिमा राखिएको समेत स्रोतको दाबी छ ।  

सरकारले बनाउने गभर्नर सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा रहने र त्यसका २ सदस्यमा एकजना पूर्व गभर्नरहरुमध्येबाट र बाँकी एकजना आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय र वाणिज्य कानूनको क्षेत्रमा प्रतिष्ठित व्यक्तिमध्येबाट हुनुपर्ने कानूनी व्यवस्था रहेको छ ।  

यो सिफारिस समितिले गभर्नरका लागि आवेदन आह्वानदेखि सर्टलिस्ट तयार गरी ३ जनाको नाम मन्त्रिपरिषदलाई सिफारिस गर्नेछ । ती तीनमध्येबाट एकजनालाई सरकारले गभर्नर नियुक्त गर्नेछ । 

Sagarmatha Cement

अन्तिम तीन नाममा सिफारिस गर्दा एकजना पूर्व डेपुटी गभर्नरमध्येबाट हुनुपर्नेछ भने बाँकी २ जना चाहिँ आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय र वाणिज्य कानूनको क्षेत्रका प्रतिष्ठित हुनुपर्नेछ ।  

को-को छन् दौडमा ?

गभर्नर कांग्रेसले पाउने सम्भावना रहे पनि दौडमा भने सत्ता गठबन्धनका दुवै ठूला दल निकटका उम्मेद्वारहरु देखिन्छन् ।  

राष्ट्रबैंकका डेपुटी गभर्नरहरु निलम ढुंगाना र बमबहादुर मिश्र गभर्नरको दौडमा छन् । कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट, डा. प्रकाशकुमार श्रेष्ठ पनि गभर्नर बन्ने दौडमा छन् । डा. भट्ट कांग्रेस निकट हुन् भने डा. श्रेष्ठ चाहिँ अर्थमन्त्री विष्णु पौडेलका मान्छे हुन् ।  

यस्तै, पूर्व मुख्यसचिव राजेन्द्रकुमार क्षेत्री समेत गभर्नर बन्ने अभिलाषासहित मैदानमा देखिएका छन् । उनी कांग्रेसको समर्थनमा गभर्नर बन्ने प्रयासमा रहेका स्रोत बताउँछ ।  

यसपटक वाणिज्य बैंकका केही सीईओहरु समेत गभर्नर बन्ने दौडमा छन् र उनीहरुको सम्भावना समेत निकै देखिन्छ । जस्तो ः नवील बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन ।  

कांग्रेसले गभर्नर पाउने निश्चित भएको खण्डमा ज्ञानेन्द्रप्रसाद ढुंगानाको गभर्नर बन्ने सम्भावना निकै उच्च रहेको स्रोत बताउँछ । पछिल्लो समय उनलाई आरजु देउवा, डा. प्रकाशशरण महत लगायतका नेताहरुको राम्रो समर्थन छ । कांग्रेसको फोरममा पछिल्लो समय ‘गभर्नरमा ज्ञानेन्द्र ढुंगानाको विकल्प छैन’ भन्ने चर्चा नै निकै चुलिएको पाइएको छ । १० वर्षअघि गभर्नरको रुपमा डा. चिरञ्जिवी नेपाललाई नियुक्त हुँदै गर्दा समेत ज्ञानेन्द्र ढुंगानाको सम्भावना थियो । त्यसबेला अन्तिम अवस्थामा ज्ञानेन्द्र ढुंगानाले गभर्नरको पद छाड्नुपरेको थियो । त्यसबेला ढुंगानालाई अन्याय भएको ठान्ने कांग्रेसका धेरै नेताहरुले यसपटक भने त्यस्तो नहुने भन्दै लविइङ गरिरहेका छन् ।  

कथमकदाचित गभर्नर एमालेले पाउने अवस्था बनेको खण्डमा प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको पनि निकै सम्भावना देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोझो सम्पर्क राख्नसक्ने बैंकरको रुपमा रहेका शेरचन निकै बलियो व्यवसायिक घराना प्रभू ग्रुपका खास पात्र समेत हुन् । उनलाई देवीप्रकाश भट्टचन लगायतका प्रभावशाली कर्पोरेट व्यक्तित्वहरुको साथ र समर्थन छ । पछिल्लो समय मीनबहादुर गुरुङ लगायतकाले समेत शेरचनलाई नै सपोर्ट गरेर जाने स्पष्ट संकेत गरेका छन् ।  

मीनबहादुर गुरुङ लगायतका शक्तिशाली कर्पोरेटहरुको समर्थन र एमालेका उच्च तहका नेताहरुको साथ लिएर गभर्नर बन्नसक्ने दौडमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ समेत देखिएका छन् ।  

एमाले र कांग्रेसनिकट बाहेक विचौलिया समूहहरुको सिफारिसमा समेत गभर्नर बन्नसक्ने सम्भावना जिवितै रहेको स्रोत बताउँछ । जसरी विचौलिया समूहले राम्रै पैसा खर्च गरेर धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष बनायो, त्यही समूहले गभर्नरमा समेत आफूनिकटको पात्र पठाउने प्रयास गरिरहेको छ । त्यसका लागि सो समूहले ५० करोडसम्म खर्च गर्ने सन्देश दलका नेताहरुलाई पठाइसकेको उच्च स्रोत दाबी गर्छ । विचौलिया र उनीहरुको पैसाको पल्ला भारि भयो सुशील भट्ट गभर्नरको रुपमा नियुक्त हुनसक्ने प्रवल सम्भावना छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.