आईतवार, भाद्र २३,२०८१ 05:49:32
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 05:49:32
IME remit
Global IME Bank Limited

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडा भन्छन्–‘मैले नियुक्तिपत्र पाइसकेकै छैन, मौद्रिक नीति रोकेको हल्ला चलाइसकेछन् !’

Hyundai Nepal
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडा भन्छन्–‘मैले नियुक्तिपत्र पाइसकेकै छैन, मौद्रिक नीति रोकेको हल्ला चलाइसकेछन् !’
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्रीको आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले आफ्ना कारण शुक्रबार आउने भनिएको मौद्रिक नीति नरोकिएको प्रष्ट पारेका छन् ।  

बिजशालासँग कुरा गर्दै उनले केही मिडियाहरुले अनावश्यक हल्ला फैलाएका र अनुमानको भरमा पत्रकारिता गरेका भन्दै प्रकाशित समाचारहरुको खण्डन गरेका हुन् । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘नियुक्तिको निर्णय मात्र भई नियुक्तिपत्र हातमै नपरेको व्यक्तिले कसरी मौद्रिक नीति रोक्न सक्छ ? फेरि म अर्थमन्त्री पनि होइन । अर्थमन्त्रीले समेत राष्ट्रबैंकजस्तो स्वायत्त निकायका काम कार्यबाहीमाथि हस्तक्षेप गर्न मिल्दैन ।’ बिजशालासँग उनले भने–‘बजार र लगानीकर्तामा मनोबल बढ्न थालेको देखेर सुनियोजित ढंगले कसैले हल्ला फैलाइरहेको जस्तो लाग्छ । यस्ता मिथ्या सूचनाको पछाडि लगानीकर्ता कुद्नु हुन्न ।’  

उनले अहिलेको अवस्थामा कस्तो मौद्रिक नीति चाहिन्छ भन्ने विषय राष्ट्रबैंकलाई जत्तिको अरुलाई थाहा नहुने जिकिर समेत गरे । ‘मौद्रिक नीति तयारीको क्रममा तालुकदार मन्त्री र गभर्नरबीच छलफल हुनु स्वभाविक हो । समन्वयलाई हस्तक्षेप भनिहाल्न पनि मिल्दैन ।’ उनले थपे–‘अहिलेको अवस्थामा सरकारका सबै एजेन्सी मिलेर अर्थतन्त्र चलायमान बनाउने र लगानीकर्ताको मनोबल उकास्ने नीति ल्याउन आवश्यक छ । गिरेको मनोबल नउकासी अर्थतन्त्र सुध्रिन्न । यसमा फिस्कल पोलिसी बनाउने र मनिटरी पोलिसीबाट सपोर्ट गर्ने सबै पक्षले गम्भीर बन्नुपर्छ ।’  

डा. खतिवडालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार नियुक्त गरेको थियो । डा. खतिवडाका अनुसार शुक्रबार दिउँसो १ बजेसम्म उनले नियुक्तिपत्र पाइसकेका छैनन् र कार्यभार पनि सम्हालिसकेका छैनन् ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X