आईतवार, असार १५,२०८२ 12:11:36
  • आईतवार, असार १५,२०८२ 12:11:36
Global IME Bank Limited

यस्तो छ देशको आर्थिक र वित्तीय स्वास्थ्यको ताजा 'रिपोर्ट कार्ड'

Hyundai Nepal
यस्तो छ देशको आर्थिक र वित्तीय स्वास्थ्यको ताजा 'रिपोर्ट कार्ड'
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको ७ महिनाको देशको आर्थिक तथा वित्तीय स्वास्थ्यको ताजा रिपोर्टकार्ड सार्वजनिक गरेको छ ।  

केन्द्रीय बैंकले सार्वजनिक गरेको आँकडा हेर्दा देशको आर्थिक तथा वित्तीय स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको देखिएको छ ।  

जनताको चूलोसम्म असर पार्ने उपभोक्ता मुद्रास्फिति घटेर ५ प्रतिशतमा सीमित बनेको छ भने अर्थतन्त्रको बाह्य क्षेत्रमा थप सुधार देखिएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

अर्थतन्त्रका आन्तरिक क्षेत्रमा समेत क्रमिक रुपमा सुधार देखिएको केन्द्रीय बैंकले जनाएको छ ।  

देशको पछिल्लो आर्थिक तथा वित्तीय स्वास्थ्य कस्तो छ त ? हेरौं बुँदागत रुपमा:

-वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो । क्षेत्रगत हिसाबले समेत मुद्रास्फितिमा गत वर्षको तुलनामा राम्रो सुधार देखिएको छ । २०८० माघ महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.४७ प्रतिशत, ७.८२ प्रतिशत, ७.३० प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो ।

-आयात २.३ प्रतिशत, निर्यात ७.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८०÷८१ को सात महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले कमी आई रु.८११ अर्ब ११ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो ।

-विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.६ प्रतिशतले र अमेरिकी डलरमा १९.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई रु.८३९ अर्ब पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

-समीक्षा अवधिमा चालु खाता रु.१६१ अर्ब ६९ करोडलेबचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४० अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ ।

-समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२९७ अर्ब ७२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१२८ अर्ब ५५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको छ ।

-२०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई २०८० माघ मसान्तमा रु.१८४४ अर्ब ९४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ ।  

-आर्थिक वर्ष २०८०/८१ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.३ प्रतिशत, १०२.४ प्रतिशत र २८.० प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

-नेपाल सरकारको खर्च रु.६८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु.५६७ अर्ब ४० करोड रहेको छ ।  

-विस्तृत मुद्राप्रदाय ७.० प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.७ प्रतिशतले बढेको छ ।  

-बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.७ प्रतिशत रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.