मंगलवार, आश्विन २७,२०८३ 09:38:30
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 09:38:30
Bizshala
Global IME Bank Limited

वित्तीय सेवामा नयाँ प्रयोगको दौड, २० नवप्रवर्तन बजार प्रवेशका लागि तयार

Bizshala
वित्तीय सेवामा नयाँ प्रयोगको दौड, २० नवप्रवर्तन बजार प्रवेशका लागि तयार
New Office

काठमाण्डौ । नेपालको वित्तीय प्रविधिमा नयाँ प्रयोगको चासो डिजिटल कर्जा र भुक्तानी सेवामा केन्द्रित देखिएको छ । नेपाल राष्ट्र बैंकको डिजिटल फाइनान्स इनोभेसन हब ‘डिफाइ–हब’को प्रतिवेदनअनुसार कुल ५० संलग्नतामध्ये २३ वटा यी दुई क्षेत्रसँग सम्बन्धित छन् । यो कुल संलग्नताको ४६ प्रतिशत हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले अक्टोबर १२, २०२६ सम्मको अवस्था समेटेर तयार पारेको प्रतिवेदनमा भुक्तानीसम्बन्धी १२ र डिजिटल कर्जासम्बन्धी ११ संलग्नता उल्लेख छन् । त्यसपछि कर्जा लिन चाहने व्यक्तिको साख मूल्यांकन गर्ने ‘क्रेडिट स्कोरिङ’सँग सम्बन्धित ७ वटा छन् । यसले रकम पठाउने सेवासँगै कर्जाको पहुँच र ऋणीको मूल्यांकनमा पनि प्रविधिको प्रयोगप्रति चासो देखाएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

डिफाइ–हब डिजिटल वित्तीय सेवाका नयाँ अवधारणा तथा प्रविधिलाई विद्यमान कानून, नीति र नियामकीय व्यवस्थाबारे मार्गदर्शन दिने राष्ट्र बैंकको पहल हो । यसले प्रवर्तकलाई नियामकीय स्पष्टता उपलब्ध गराउनुका साथै छलफलबाट प्राप्त सुझाव सम्बन्धित विभागमा पठाएर भावी नीति निर्माणमा सहयोग गर्छ ।

प्रतिवेदनअनुसार हबसँग जोडिएका संलग्नतामध्ये सबैभन्दा ठूलो हिस्सा इजाजतपत्र नलिएका फिनटेकको छ । यस्तो समूहबाट ३० र व्यक्तिगत प्रवर्तकबाट ३ संलग्नता भएका छन् । इजाजतपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालकबाट ८, बैंक तथा वित्तीय संस्थाबाट ४ र भुक्तानी सेवा प्रदायकबाट ३ संलग्नता छन् । त्यस्तै, रेमिट्यान्स कम्पनी र भुक्तानी सेवा प्रदायक–बैंक साझेदारीबाट एक–एक संलग्नता भएका छन् ।

यी तथ्यांकले नयाँ वित्तीय प्रविधिको खोजी स्थापित संस्थामा मात्र सीमित नरहेको देखाउँछन् । इजाजतपत्र नलिएका फिनटेकसमेत आफ्ना अवधारणा अघि बढाउनुअघि नियामकीय व्यवस्था बुझ्ने प्रक्रियामा सहभागी भएका छन् । यद्यपि, हबसँगको संलग्नतालाई कारोबार सञ्चालन गर्ने अनुमति वा इजाजतपत्रका रूपमा बुझ्न मिल्दैन ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

हबसँग छलफल भएका नवप्रवर्तनमध्ये २० वटा बजारमा लैजान तयार अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ । सात वटा प्रारम्भिक परीक्षणका लागि तयार र चार वटा नमुना तयार भएको अवस्थामा छन् । थप सात वटा विकासको क्रममा, आठ वटा अवधारणाको चरणमा र तीन वटा निकट भविष्यमा अघि बढाउने योजनामा छन् । एउटा भने सीमित प्रयोगकर्ता समूहमा परीक्षणको चरणमा छ ।

यसबाट केही प्रवर्तक प्रारम्भिक विचारसहित नियामककहाँ पुगेको र केहीले सेवा विकास गरिसकेपछि नियामकीय स्पष्टता खोजेको देखिन्छ । तर बजारमा लैजान तयार हुनु र आवश्यक नियामकीय अनुमति पाउनु अलग प्रक्रिया हुन् ।

प्रतिवेदनमा हबको सचिवालयमार्फत १४ वटा नियामकीय स्पष्टता उपलब्ध गराइएको उल्लेख छ । हबबाट तीन वटा मार्गदर्शन दिइएको छ भने सम्बन्धित विभाग तथा इकाइमा तीन वटा नीतिगत सुझाव पठाइएको छ । नौ वटा प्रस्ताव समीक्षामा छन्, तीन वटाको औपचारिक प्रस्ताव पर्खिएको छ र २० वटा प्रारम्भिक अन्तरक्रियाको अवस्थामा छन् ।

डिजिटल कर्जा तथा भुक्तानीबाहेक अन्य सेवाभित्र वित्तीय सुविधा जोड्ने ‘एम्बेडेड फाइनान्स’मा पाँच, ओपन बैंकिङ तथा फाइनान्समा चार र नियामकीय अनुपालन सहज बनाउने ‘रेगटेक’मा तीन संलग्नता छन् । डिजिटल माध्यमबाट ग्राहक आबद्ध गर्ने क्षेत्रमा दुई तथा डिजिटल पहिचान र डिजिटल वित्तीय सेवालाई सहयोग गर्ने प्रविधिमा एक–एक संलग्नता छन् । अन्य चारमा सम्पत्ति व्यवस्थापन प्रविधि, विज्ञापन प्लेटफर्म र व्यापारिक बजारसम्बन्धी अवधारणा समेटिएका छन् ।

डिफाइ–हबले दिने मार्गदर्शन बाध्यकारी नहुने प्रतिवेदनले स्पष्ट पारेको छ । यसको भूमिका नयाँ प्रविधिलाई नियम बुझ्न सघाउने र नियामकलाई प्रविधिको बदलिँदो आवश्यकताबारे जानकारी दिने हो । अब यसको प्रभावकारिता संलग्नताको संख्यासँगै स्पष्टता पाएका अवधारणा कति अघि बढ्छन् र प्राप्त सुझावले नीतिमा कस्तो सुधार ल्याउँछन् भन्ने परिणामबाट देखिनेछ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X