मंगलवार, माघ ८,२०८१ 07:21:30
IME remit
  • मंगलवार, माघ ८,२०८१ 07:21:30
IME remit
Global IME Bank Limited

इतिहासकै कमजोर बन्यो नेरु, कारण यस्तो

Hyundai Nepal
इतिहासकै कमजोर बन्यो नेरु, कारण यस्तो
Nabil Bank Limited

काठमाण्डौ । यो साता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । शनिवार नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर बनेको हो । यो दिन राष्टबैंकले एक अमेरिकी डलरको खरीद तथा बिक्रीमूल्य क्रमशः १३४.२० र १३४.८० रुपैयाँ तोकेको छ । नेपाली रुपैयाँ यति धेरै अवमूल्यन हालसम्म भएको थिएन ।  

अक्टोबर ११ अर्थात शुक्रबारका लागि केन्द्रीय बैंकले अमेरिकी डलरको खरीद तथा बिक्री दर क्रमशः १३४.०६ र १३४.६६ रुपैयाँ तोकेको थियो । 

Bizshala
CG Motors
Sagarmatha Cement

 

यो गिरावट पछाडि धेरै कारकहरुलाई जिम्मेवार मान्न सकिन्छ । यसमा विश्व बजारमा कच्चा तेलको मूल्यमा भएको भर्खरको वृद्धिलाई मुख्य रुपमा लिन सकिन्छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर छ । जसका कारण भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँको मूल्यमा पर्छ । भारतीय रुपैयाँ पनि अमेरिकी डलरको तुलनामा इतिहासमै सबैभन्दा कमजोर बनेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।  

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार शुक्रबार भारतीय रुपैयाँ अझै कमजोर भएको छ । यसले डलरको तुलनामा ८४.०५२५ को न्यून स्तर छोयो। यसअघि कीर्तिमानी न्यून स्तर ८३.९८५० थियो जुन सेप्टेम्बर १२, २०२४ मा कायम भएको थियो।

Muktinath Bikas Bank Limited

विदेशी मुद्रा व्यापारीहरूका अनुसार कच्चा तेलको मूल्य बढ्दा रुपैयाँको प्रदर्शन बिग्रिएको छ। यससँगै भारतबाट विदेशी पुँजीको निरन्तर निकासीले यसको कार्यसम्पादनमा थप प्रतिकूल असर पारेको छ । त्यसैगरी, हिजो बिहानैदेखि त्यहाँको सेयर बजार ऋणात्मक थियो । विदेशी लगानीकर्ताले त्यहाँ बेचेका थिए। जसको असर रुपैयामा पनि परेको समाचारमा उल्लेख छ।

कच्चा तेलको मूल्यमा बृद्धि, शेयर बजारको अस्थिरता र विदेशी पुँजीको निरन्तर बहिर्गमनका कारण भारतीय रुपैयाँ लगातार कमजोर बन्दै गएको छ । जसका कारण यो डलरको तुलनामा कीर्तिमानी न्यून विन्दुमा पुगेको छ । हाल, कुवेती दिनार संसारको सबैभन्दा बलियो मुद्रा हो। हाल १ कुवेती दिनारको मूल्य २७४.४० भारतीय रुपैयाँ बराबर छ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.