शुक्रबार, जेष्ठ १,२०८३ 08:47:16
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 08:47:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राष्ट्र बैंकको ‘लो-प्रोफाइल’ मौद्रिक समीक्षाः न राहत, न कडाइ

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकको ‘लो-प्रोफाइल’ मौद्रिक समीक्षाः न राहत, न कडाइ
Shivam Cement

काठमाण्डौ । विगतका वर्षहरूमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुनुअघि बैंकिङ, व्यवसायिक र पूँजीबजार क्षेत्रमा असाधारण चासो र हल्लाखल्ला हुने गर्थ्यो । ब्याजदर घट्छ कि ? कर्जा सहज हुन्छ कि ? सेयर बजारलाई राहत मिल्छ कि ? भन्ने अपेक्षाले बजार ततिने गर्थ्यो ।

तर चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षा भने राष्ट्र बैंकले यसपटक लगभग ‘लो–प्रोफाइल’मै सार्वजनिक गरेको छ । न कुनै ठूलो नीतिगत परिवर्तन, न कुनै कडा नियन्त्रण, न त बजारलाई उत्साहित बनाउने नयाँ प्याकेज । समग्रमा राष्ट्र बैंकले ‘पर्ख र हेर’ रणनीतिअन्तर्गत अघिल्लो लचकताको नीतिलाई नै निरन्तरता दिएको देखिन्छ ।

समीक्षामा आर्थिक वृद्धिदर ४.६५ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । कृषि, उद्योग र सेवा क्षेत्रको विस्तारसँगै अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको राष्ट्र बैंकको निष्कर्ष छ । विशेषगरी जलविद्युत् उत्पादन, निर्माण, पर्यटन, सूचना प्रविधि तथा व्यापार क्षेत्र चलायमान बन्दै गएको उल्लेख गरिएको छ ।

Bizshala
New Office
CG Motors

यद्यपि, राष्ट्र बैंकले विश्व भू–राजनीतिक तनावलाई अझै प्रमुख जोखिमका रूपमा चित्रण गरेको छ । पश्चिम एशियामा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्यमा दबाब परेको र त्यसले मुद्रास्फीतिमा असर पार्न सक्ने संकेत समीक्षा प्रतिवेदनमा गरिएको छ । चालु वर्षको पहिलो ११ महिनामा पेट्रोलको मूल्य ३५ प्रतिशत र डिजेलको मूल्य २८ प्रतिशत बढेको तथ्यांक पनि राष्ट्र बैंकले प्रस्तुत गरेको छ ।

तर यसका बाबजुद औसत उपभोक्ता मुद्रास्फीति ३.२९ प्रतिशतमा सीमित रहेको भन्दै राष्ट्र बैंकले मूल्यवृद्धि अझै नियन्त्रणभित्रै रहेको दाबी गरेको छ ।

विप्रेषण बढ्यो, तर मध्यपूर्वको तनावले जोखिम पनि

समीक्षाले बाह्य क्षेत्रलाई अहिलेको अर्थतन्त्रको सबैभन्दा बलियो पक्षका रूपमा चित्रण गरेको छ । विप्रेषण आप्रवाह उल्लेख्य बढेको, चालु खाता र शोधनान्तर स्थिति बचतमा रहेको तथा विदेशी मुद्रा सञ्चिति सुदृढ बनेको राष्ट्र बैंकको भनाइ छ ।

तर नेपालमा आउने करिब ४० प्रतिशत विप्रेषण पश्चिम एशियाबाट आउने भएकाले त्यहाँको तनाव दीर्घकालीन बने श्रमिक आप्रवाह र विप्रेषणमा असर पर्न सक्ने जोखिम पनि औंल्याइएको छ ।

यद्यपि, हालको विदेशी मुद्रा सञ्चितिले आयात धान्ने क्षमता राष्ट्र बैंकको लक्ष्यभन्दा माथि नै रहेको उल्लेख गरिएको छ ।

बैंकिङ प्रणालीमा अझै अधिक तरलता

समीक्षाको अर्को महत्वपूर्ण संकेत बैंकिङ प्रणालीमा कायम अधिक तरलता हो । पछिल्ला तीन वर्षदेखि बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम थुप्रिएको अवस्था अझै कायम रहेको राष्ट्र बैंकले स्वीकार गरेको छ ।

निजी क्षेत्रमा कर्जा प्रवाह सामान्य बढे पनि अपेक्षित गतिमा आर्थिक गतिविधि विस्तार हुन नसक्दा बैंकहरूमा लगानीयोग्य रकम थन्किएको अवस्था छ । यद्यपि, खराब कर्जा अनुपात नियामकीय सीमाभित्रै रहेकाले वित्तीय स्थायित्व तत्काल जोखिममा नरहेको राष्ट्र बैंकको निष्कर्ष छ ।

Garima Development Bank
Shivam Cement
IME remit

नीतिगत दर यथावत, लचकता कायम

राष्ट्र बैंकले यसपटक पनि नीतिगत दर, ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातमा कुनै परिवर्तन गरेको छैन ।

यसले के स्पष्ट संकेत गर्छ भने राष्ट्र बैंक अहिले आक्रामक नीतिगत परिवर्तनभन्दा पनि ‘स्थायित्व जोगाउने’ रणनीतिमा केन्द्रित छ । बजारलाई तत्काल झट्का दिने वा अत्यधिक उत्साह सिर्जना गर्ने दुवैखाले निर्णयबाट राष्ट्र बैंक टाढा बसेको देखिन्छ ।

विशेषगरी पूँजीबजार र रियल स्टेट क्षेत्रले अपेक्षा गरेजस्तो नयाँ सहुलियत वा ठूलो नीतिगत राहत समीक्षा मार्फत आएको छैन । त्यसैले समीक्षा सार्वजनिक भए पनि अघिल्ला वर्षझैं बजारमा ठूलो तरंग देखिएन ।

‘शान्त समीक्षा’ले दिएको संकेत

यसपटकको मौद्रिक समीक्षा एउटा महत्वपूर्ण सन्देश बोकेर आएको विश्लेषकहरूको भनाइ छ: अर्थतन्त्र अहिले ‘क्राइसिस मोड’बाट बाहिर निस्किएर ‘स्टेबलाइजेसन फेज’मा प्रवेश गरेको छ ।

त्यसैले राष्ट्र बैंकले अब हतारमा कडा नियन्त्रण वा ठूलो राहत दुवै नदिई, क्रमिक सुधारलाई निरन्तरता दिने रणनीति लिएको देखिन्छ ।

तर निजी क्षेत्रको लगानी विस्तार, निर्माण क्षेत्रको सुस्तता, कमजोर माग र पूँजीबजारको निष्क्रियता जस्ता चुनौती अझै कायम रहेकाले आगामी मौद्रिक नीति र बजेटले थप स्पष्ट दिशा दिनुपर्ने अपेक्षा गरिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.