मंगलवार, आश्विन ६,२०८३ 06:09:37
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 06:09:37
Bizshala
Global IME Bank Limited

आइएमई खल्ती र भिजन कन्सर्न आई क्लिनिकबीच सम्झौता, कर्मचारीले पाउने नि:शुल्क आँखा परीक्षण

आइएमई खल्ती र भिजन कन्सर्न आई क्लिनिकबीच सम्झौता, कर्मचारीले पाउने नि:शुल्क आँखा परीक्षण
New Office

काठमाण्डौ । फिनटेक कम्पनी आइएमई खल्ती लिमिटेड र भिजन कन्सर्न आई क्लिनिकबीच कर्पोरेट वेलनेस सम्झौता भएको छ। पानीपोखरीस्थित आइएमई खल्तीका कर्मचारी तथा तिनका परिवारलाई आँखाको विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले यो सम्झौता भएको हो।

सम्झौताअन्तर्गत आइएमई खल्तीका कर्मचारीले नि:शुल्क व्यापक आँखा परीक्षण, नि:शुल्क चिकित्सक परामर्श र प्राथमिकताका साथ अपोइन्टमेन्टको सुविधा पाउनेछन्। यी सेवाहरू भिजन कन्सका बौद्ध, लाजिम्पाट र माकलबारीस्थित शाखाहरूमा उपलब्ध हुनेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चिकित्सा सेवाका अतिरिक्त आर्थिक सुविधा पनि प्रदान गरिनेछ। छनोट गरिएका अप्टिकल उत्पादनमा ४० प्रतिशतसम्म छुट, ब्रान्डेड फ्रेममा २० प्रतिशत छुट तथा प्रिस्क्रिप्सन गिलास र कन्ट्याक्ट लेन्समा विशेष कर्पोरेट मूल्य उपलब्ध गराइनेछ।

यसका साथै भिजन कन्सले डिजिटल आँखा थकानसम्बन्धी विशेष जागरण कार्यक्रम पनि सञ्चालन गर्नेछ भने आइएमई खल्तीले आफ्ना कर्मचारीबीच यी सुविधाको प्रचारप्रसार गर्नेछ। यो सहकार्य एक वर्षका लागि लागू रहनेछ र सहज कार्यान्वयनका लागि दुवै संस्थाले आ-आफ्नो समन्वयकर्ता नियुक्त गर्नेछन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.