काठमाण्डौ । आइएमई खल्ती लिमिटेडले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ मा सहभागिता जनाउँदै डिजिटल भुक्तानीदेखि व्यक्तिगत वित्त व्यवस्थापन, कनेक्टिभिटी र लगानीसम्मका विभिन्न नयाँ सेवा तथा उत्पादन सार्वजनिक गरेको छ।
फिनटेक एलायन्स नेपालले आयोजना गरेको तीनदिने एक्स्पोमा कम्पनीले Khalti Cards, eSIM, Personal Finance Challenge, Khalti Pro, Stripe तथा Khalti Stock Hub लगायतका नयाँ सेवा सार्वजनिक गरेको हो।
एक्स्पोको पहिलो दिन Khalti Cards, eSIM तथा Personal Finance Challenge सार्वजनिक गरिएको थियो। कम्पनीका अनुसार यी सेवाले डिजिटल भुक्तानी र कनेक्टिभिटी सहज बनाउनुका साथै प्रयोगकर्तालाई व्यक्तिगत वित्त व्यवस्थापनमा सहयोग पुर्याउने लक्ष्य राखेका छन्।
त्यस्तै, एक्स्पोको तेस्रो दिन Khalti Pro, Stripe तथा Khalti Stock Hub सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। यी सेवासँगै खल्तीले भुक्तानी सेवामा मात्र सीमित नरही वित्तीय तथा प्रविधिमा आधारित सेवा इकोसिस्टम विस्तार गर्ने रणनीतिलाई थप अघि बढाएको छ।
तीन दिनको अवधिमा खल्तीको स्टलमा सयौँ प्रयोगकर्ताले भ्रमण गरी विभिन्न सेवा तथा सुविधाबारे जानकारी लिएको कम्पनीको भनाइ छ। प्रयोगकर्ताको सहभागिता बढाउन Smart Deposit, Cards, AI Fiesta, Insurance, Flights, Mobile Top-up, Data Pack, TV तथा ISP लगायतका सेवामा क्यासब्याक, प्रोमो कोड तथा अन्य अफरसमेत उपलब्ध गराइएको थियो।
कम्पनीका अनुसार एक्स्पोमा Khalti Cards, Stripe तथा Personal Finance Challenge प्रति प्रयोगकर्ताको विशेष चासो देखिएको थियो।
आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस्ता कार्यक्रम नयाँ सेवा सार्वजनिक गर्ने मात्र नभई प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको आवश्यकता बुझ्ने महत्वपूर्ण अवसर भएको बताए।
उनले यस वर्ष कम्पनीले भुक्तानी सेवाभन्दा बाहिर व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी, लगानी तथा प्रविधिमा आधारित थप सेवा विस्तार गरेको उल्लेख गरे। नयाँ उत्पादनप्रति प्रयोगकर्ताले देखाएको चासो र प्रतिक्रियाले अझ सहज, उपयोगी र एकीकृत डिजिटल सेवा विकास गर्न कम्पनीलाई प्रेरित गरेको उनको भनाइ छ।
आइएमई खल्तीले डिजिटल भुक्तानीलाई केन्द्रमा राख्दै बचत, लगानी, बीमा, कनेक्टिभिटी तथा दैनिक जीवनसँग जोडिएका सेवाहरू एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध गराउने रणनीति अघि बढाएको छ।
कम्पनीले ‘Infinite Possibility’ अवधारणाअन्तर्गत डिजिटल वित्तीय तथा जीवनशैलीसम्बन्धी सेवाको दायरा थप विस्तार गर्दै जाने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।