आईतवार, कार्तिक ८,२०८३ 09:13:00
  • आईतवार, कार्तिक ८,२०८३ 09:13:00
Global IME Bank Limited

एनपीएलको रोमाञ्च अब आफ्नै सहरमा, एक्स्ट्रीमका १० फ्यान जोनमा निःशुल्क खेल हेर्न पाइने

Bizshala
एनपीएलको रोमाञ्च अब आफ्नै सहरमा, एक्स्ट्रीमका १० फ्यान जोनमा निःशुल्क खेल हेर्न पाइने
New Office

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल हेर्न मैदानमै पुग्न नसक्ने क्रिकेटप्रेमीले अब आफ्नै सहरमा ठूलो स्क्रिनबाट प्रत्यक्ष प्रसारण हेर्न पाउने भएका छन्। एक्स्ट्रीम इनर्जी ड्रिङ्कले देशका विभिन्न स्थानमा निःशुल्क प्रवेशसहितका १० फ्यान जोन सञ्चालन गर्ने घोषणा गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक ९ देखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपीएलको तेस्रो संस्करणका खेल फ्यान जोनमा राखिने ठूला एलईडी स्क्रिनमार्फत देखाइनेछन्। दर्शकले साथीभाइसँगै बसेर खेल हेर्न र आफ्नो मनपर्ने टिमको समर्थनमा सामूहिक उत्साह साट्न पाउनेछन्।

उपत्यकामा काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको दुई नम्बर गेटअगाडिको मैदानमा फ्यान जोन रहने विज्ञप्तिमा उल्लेख छ।

Garima Development Bank
Bizshala
IME remit

उपत्यकाबाहिर विराटनगरको पुरानो गुद्री मैदान, जनकपुरको बाह्रबिघा चौर, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसर, पोखराको मालेपाटन चौर र बुटवलको सिद्धेश्वरी ग्राउन्डमा प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था गरिनेछ। यस्तै, सुर्खेतको घण्टाघर डबली र धनगढीको कभर्ड हल क्षेत्रमा पनि फ्यान जोन सञ्चालन हुनेछन्।

फ्यान जोनमा क्रिकेटको प्रत्यक्ष प्रसारणसँगै सांगीतिक प्रस्तुति र विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि आयोजना गरिने कम्पनीले जनाएको छ। दर्शकले खेलकुद गतिविधिमा सहभागी हुन तथा उपहार कार्यक्रममार्फत आकर्षक उपहार प्राप्त गर्ने अवसरसमेत पाउनेछन्।

क्रिकेट मैदानबाहिर रहेका समर्थकलाई पनि प्रतियोगिताको माहोलसँग जोड्ने उद्देश्यले यो पहल गरिएको एक्स्ट्रीमले जनाएको छ। क्रिकेट, संगीत र मनोरञ्जनलाई एकै ठाउँमा समेटेर फ्यान जोनलाई प्रतियोगिता अवधिभर समर्थकको जमघटस्थल बनाउने कम्पनीको तयारी छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.